८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्यक्षतर्फ १ सय ५७ सिटको टुङ्गो लाग्यो, क-कसले जिते ?

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली काँग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये १ सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्राप्त मत परिणाम अनुसार हालसम्म नेपाली काँग्रेस ५३, नेकपा (एमाले) ४२, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १० क्षेत्रमा विजयी भएका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७–७, जनता समाजवादी पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा १, राष्ट्रिय जनमोर्चा १ र जनमत पार्टीले १ सिट जितेको छ । त्यसैगरी ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

आयोगका अनुसार ३ वटा जिल्ला दोलखा, बाजुरा र स्याङ्जामा मतगणना सुरु हुन सकेको छैन । बाजुरामा शनिबार पुनः मतदान भएको छ भने दोलखाका केही मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ ।

काँग्रेसबाट प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा, योगेश शेरचन, टेकबहादुर गुरुङ, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, मोहन आचार्य, उदय शमशेर जबरा, शङ्कर भण्डारी, राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।

साथै, काँग्रेसका रमेशकुमार रिजाल, हृदयराम थानी, रामहरि खतिवडा, विश्वप्रकाश शर्मा, अजयकुमार चौरसिया, राजेन्द्र बजगाईँ, खमबहादुर गर्बुजा, पुष्पबहादुर शाह, वीरबहादुर बलायर, दिलेन्द्र प्रसाद बडू, रमेश लेखक, एनपी साउँद, दिक्पालकुमार शाही, दुर्लभ थापा, शशाङ्क कोइराला, रामचन्द्र पौडेल, किशोरसिंह राठोर, देवप्रकाश तिमल्सिना, दिनेश कुमार यादव, राम नाथ अधिकारी, पूर्णबहादुर खड्का पनि निर्वाचित भएका छन् । आयोगका अनुसार काँग्रेसका विष्णु कुमार कार्की, श्यामकुमार घिमिरे, दीपक गिरी, सञ्जय गौतम, विनोद चौधरी, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, शेखर कोइराला, डिल्लीराज पन्त, चन्द्रकान्त भण्डारी, राजु थापा, दीपक खड्का, सुरेन्द्र राज आचार्य, सीता गुरुङ, सुनिलकुमार शर्मा, अर्जुननरसिंह केसी, तेजुलाल चौधरी, ऐनबहादुर शाही, महेन्द्रकुमार राय, डिगबहादुर लिम्बू, पूर्णबहादुर तामाङ पनि निर्वाचित भएका छन् ।

त्यसैगरी एमालेबाट अम्बरबहादुर रायमाझी, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकर्ण विष्ट, देवराज घिमिरे, केपी शर्मा ओली, योगेश भट्टराई, राजकुमार गुप्ता, टोपबहादुर रायमाझी, सूर्य थापा, पृथ्वीसुब्बा गुरुङ, महेश बर्तौला, मानवीर राई, पदम गिरी, लालप्रसाद साँवा लिम्बु, वासुदेव घिमिरे, राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

आयोगका अनुसार एमालेका विद्या भट्टराई, सूर्य प्रसाद ढकाल, राम शङ्कर यादव, दामोदर भण्डारी, तारा लामा तामाङ, बलराम अधिकारी, वसन्तकुमार नेम्वाङ, दामोदर पौडेल ’वैरागी’, हरिप्रसाद उप्रेती, ज्वालाकुमारी साह, अच्युतप्रसाद मैनाली, जुली महतो, मनबहादुर गुरुङ पनि निर्वाचित भइसकेका छन् । त्यसैगरी लीलानाथ श्रेष्ठ, ठाकुरप्रसाद गैरे, ऋषिकेश पोखरेल, मङ्गलप्रसाद गुप्ता, विष्णु पौडेल, गोकुल बाँस्कोटा, नारायणप्रसाद आचार्य, छविलाल विश्वकर्मा, भीम आचार्य, सुवास नेम्वाङ, लक्ष्मी महतो कोइरी र महेश बस्नेत निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्तिबहादुर बस्नेत, सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, हितबहादुर तामाङ, रामकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर घर्ती, महिन्द्रराय यादव, सूर्यप्रसाद तामाङ, छिरिङ डम्बुल लामा र महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्रप्रसाद पाण्डे, धनबहादुर बुढा, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, प्रकाश ज्वाला, मेटमणि चौधरी, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सोविता गौतम, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिशिर खनाल र तोसिमा कार्की निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी ९जसपा०का प्रदीप यादव, नवलकिशोर साह सुडी, दीपक कार्की, राम सहायक प्रसाद यादव, राजकिशोर यादव र वीरेन्द्रप्रसाद महतो निर्वाचित भएका छन् ।

राप्रपाका राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवलशमशेर राणा, दीपकबहादुर सिंह, ध्रुवबहादुर प्रधान, दीपक बोहोरा र ज्ञानेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, शरतसिंह भण्डारी र रामप्रकाश चौधरी विजयी भएका छन् ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल एवं जनमत पार्टीका चन्द्रकान्त राउत निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, प्रभु साह, किरणकुमार साह, अमरेशकुमार सिंह र लालवीर चौधरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस