७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा एमाले अगाडि

अ+ अ-

काठमाडौँ । प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ ।

बिहान ११:३० बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार पाँच सय सात, मधेसमा १८ लाख ४१ हजार चार सय ६१, बागमतीमा १६ लाख ८२ हजार चार सय ४४, गण्डकीमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनीमा १८ लाख ८७ हजार ७८, कर्णालीमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा सात लाख ७८ हजार तीन सय चार मत गणना भएको छ ।

प्रदेश नं १ मा एमालेले पाँच लाख ९९ हजार नौ सय ५९, कांग्रेसले पाँच लाख तीन हजार एक सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८२ हजार नौ सय नौ र नेकपा (माओवादी केन्द्र)ले एक लाख ६८ हजार सात सय ३४ मत ल्याएको छ । मधेस प्रदेशमा कांग्रेसले सबैभन्दा बढी तीन लाख ५७ हजार नौ सय २२, एमालेले तीन लाख २१ हजार दुई सय १०, जनमत पार्टीले दुई लाख ६६ हजार आठ सय ३२, जनता समाजवादी पार्टीले दुई लाख ६२ हजार सात सय ४४ र माओवादी केन्द्रले एक लाख ६७ हजार ६७ मत ल्याएको छ ।

बागमती प्रदेशमा एमालेले पाँच लाख दुई हजार नौ सय २३, कांग्रेसले चार लाख २७ हजार दुई सय ३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५७ हजार आठ सय ५७ र माओवादी केन्द्रले दुई लाख ३६ हजार पाँच सय ५९ मत प्राप्त गरेको छ । गण्डकी प्रदेशमा एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत पाएको छ ।

लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ ।

कर्णाली प्रदेशमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले एक लाख ३७ हजार छ सय ३९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ३३ हजार पाँच सय २०, कांग्रेसले दुई लाख २६ हजार एक सय ७० र माओवादी केन्द्रले एक लाख १३ हजार आठ सय ६३ मत पाएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातितर्फ पनि एमालेको अग्रता देखिएको छ । हालसम्म ९६ लाख ७० हजार आठ सय ३३ मत गणना गर्दा एमालेले सबैभन्दा धेरै २६ लाख सात हजार चार सय ७२ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ७० हजार दुई सय ३४, माओवादी केन्द्रले ११ लाख नौ हजार सात सय ७९, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४, राप्रपाले पाँच लाख ५४ हजार सात सय ५७, जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार सात सय ७३ र जनमत पार्टीले तीन लाख १६ लाख छ सय ५३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस