७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सनराईज र मेघा बैङ्क तीन पटक राष्ट्र बैङ्कको कारवाहीमा 

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले नियम उल्लङ्घन गर्ने नौ वाणिज्य बैङ्कहरूलाई कारबाही गरेको छ । बैङ्कले तोकिएको नियमहरू उल्लङ्घन गर्ने वाणिज्य बैङ्कहरूलाई कारबाही गरेको हो ।

सबैभन्दा बढी कारवाहीमा पर्ने बैङ्कमा सनराइज र मेगा बैङ्क रहेका छन् । चालु आवको पहिलो त्रैमासमै यी दुई बैङ्कहरूलाई राष्ट्र बैङ्कले ३ पटक कारबाही गरेको छ भने बैङ्क अफ काठमाण्डू दुई पटक कारवाहीमा परेको छ । 

राष्ट्र बैकका अनुसार चालु आवको पहिलो त्रैमासमा कारवाहीमा पर्ने बैङ्कहरूमा बैङ्क अफ काठमाण्डू, कृषि विकास बैङ्क, प्रभु बैङ्क, कुमारी बैक, प्राइम कमर्सियल बैङ्क, हिमालयन बैङ्क, सनराइज बैङ्क, ग्लोबल आइएमई र मेगा बैङ्क गरी ९ वटा वाणिज्य बैङ्कहरू रहेका छन् । 

मेगा र सनराइज बैङ्कले आधार दर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरेकोले राष्ट्र बैङ्कको कारवाहीमा परेका हुन् भने प्रभु, बैङ्क अफ काठमाण्डू, कुमारी र प्राइम बैङ्कलाई राष्ट्र बैङ्कले रोक्का राख्न निर्देशन दिएका खाताहरू रोक्का नराख्दा कारबाही गरेको हो । 

सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै कृषि विकास बैङ्कलाई २० लाख रुपैयाँ जरिवाना गरेको राष्ट्र बैङ्कले विपन्न वर्गमा तोकिएको सीमामा कर्जा प्रवाह नगरेको भन्दै बैङ्क अफ काठमान्डुलाई दोस्रो पटक कारबाही गरेको हो । बैङ्कले २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा हर्जाना तिरेको छ ।

यसैगरी नियम विपरीत कर्जाको प्रिमियम दर बढाएर ब्याज असुल गर्ने हिमालयन, सनराइज, ग्लोबल आइएमई र मेगा बैङ्कलाई राष्ट्र बैङ्कले कारवाहीमा गरेको

छ । 

प्रतिक्रिया दिनुहोस