७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्यारा पक्राउ र बुथ कब्जा भएका ठाउँमा पुन: मतदानको माग गर्दै एमालेको रिले अनशन

अ+ अ-

काठमाडौँ । नेकपा एमाले बाजुराले रिले अनशन सुरु गरेको छ। विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ र कब्जा गरिएका बुथमा पुन मतदानको माग सहित नेकपा एमालेले रिले अनशन सुरु गरेको हो।

जिल्ला प्रशासन कार्यालय बाजुरा अगाडि नेकपा एमालेले अनशन सुरु गरेको पार्टी सचिव भरत थापाले बताएका छन्।

मंसिर ४ गते बुथ कब्जा गर्न नदिएको बाहनामा घर भित्रैबाट तानेर कुटीकुटी हत्या गर्ने अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने र प्रहरी प्रशासनकै मिलेमतोमा नेपाली काँग्रेसबाट कब्जा गरिएका बुथहरुमा पुन मतदानको मिति घोषणा गर्नुपर्ने माग सहित नेकपा एमाले चरणबद्ध आन्दोलनमा रहेको छ।

२ जनालाई पक्राउ पछि विद्यार्थी नेता अयडीको शव दाहसंस्कार गरेको नेकपा एमाले किटानी जाहेरी परेका २२ जनालाई तत्काल पक्राउ गर्न माग गरिरहेको छ। किटानी जाहेरीमा नाम उल्लेख भएका सबै जनालाई पक्राउ नगरेसम्म र बुथ कब्जा भएका ठाउँमा पुन मतदान नगरिएसम्म आन्दोलन जारी राख्ने नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले बताएका छन्।

राज्य सत्ताको चरम दुरुपयोग गर्दै, मान्छे मार्न लगाएर बुथ कब्जा गरी जित्ने मनसाय राख्नेहरूका विरुद्ध न्याय र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नु परेको प्रदेश सभा (ख) सदस्य उम्मेदवार समेत रहेका थापाको भनाई छ। नेकपा एमालेले १६ वटा मतदान केन्द्रमा पुन मतदान गर्नुपर्ने माग राख्दै आएको छ।

घाइते अवस्थाको व्यक्तिलाई खाट बाट तानेर कुटीकुटी हत्या गर्ने अमानवीय व्यवहार भएका दानवी प्रवृत्तिका हत्याराहरूलाई पक्राउ नगरिएसम्म अनेरास्ववियुले विश्राम नलिने केन्द्रीय उपमहासचिव नरेश रोकायाले बताएका छन्। अनेरास्ववियुले पनि हत्यारा पक्राउ र कारवाहीको माग सहित देशव्यापी चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।  

प्रहरी प्रशासनलाई नै साथमा लिएर, सर्वसाधारण मतदातालाई प्रभावमा राखी, कुटपिट, झगडा, हत्याको श्रृखलाबाट चुनाव जित्न खोजिएपछि त्यसका विरुद्ध आन्दोलन गर्नु परेको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन्।  

सिल नगरिएका मतपेटिका ल्याउने, मत पत्र मतपेटिका बाहिर राख्ने, प्रहरीले नै मतदानमा भाग लिएर मतपत्र कब्जामा राख्ने, मतदान प्रतिनिधालाई नै कुटपिट गरेर पूर्ण रूपमा कब्जा गरी एकलौटी मतदान गर्ने कुरा लोकतन्त्रमा सहन नसकिने र न्यायिक नहुने भएकोले राज्यलाई ध्यानाकर्षण गर्न आन्दोलन जारी राखिएको प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका थापाले बताएका छन्।

नेकपा एमालेले हत्यारालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउनु पर्ने, १६ बुथमा पुन मतदान हुनु पर्ने, ११ जना विद्यार्थीलाई विना सर्त रिहाइ गरिनु पर्ने, हत्या गरिएका चेतन अयडी र प्रहरीको गोली लागेर ज्यान गुमाएका सञ्जीव अयडीको परिवारले क्षतिपूर्ति र न्याय पाउनु पर्ने माग अघि सारेको बताएको छ।  

नेकपा एमालेले हत्यारा पक्राउको माग राख्ने विद्यार्थी नेताहरूलाई समेत पक्राउ गरेर मुद्दा हालेर फसाउन खोजिएकोले त्यसका विरुद्ध पनि सडकमा आउनु परेको बताएको छ। रिले अनशनमा नेकपा स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा र प्रकाश शाहलगायत नेता कार्यकर्ता सहभागी छन्।

प्रतिक्रिया दिनुहोस