६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्य निर्मम भएर म विरुद्ध लाग्यो : पद्मा अर्याल 

अ+ अ-

काठमाडौँ । स्याङ्जा क्षेत्र नम्बर २ कि नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले राज्य आफू विरुद्ध निर्मम ढङ्गले लागेको दाबी गरेकी छिन् । 

बुधबार निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना सुरु गर्न निर्देशन दिन निर्णय गरेपछि अर्यालले यस्तो प्रतिक्रिया दिएकी छन् । गत मंसिर ४ गते भएको निर्वाचनका दिन स्याङ्जा क्षेत्र नम्बर २ का केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले पुन मतदान गराउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।  

आयोगले मतगणना गर्न गरेको निर्णयप्रति आफ्नो असहमति रहेको उम्मेदवार अर्यालले बताइन् । उनले भनिन्, ‘निर्वाचन आयोग आँखामा पट्टी लगाएर इन्ट्रेस्ट राखेर गरेको निर्णय हो । तथ्य प्रमाणहरूले यो निर्वाचन बदरभाग्य छ । सरकारी हिसाबबाट प्रमाणित भएका कुराहरूलाई नलिइकन आग्रहपूर्वक भएको निर्णय अन्यायपूर्ण छ । मेरो जति मत छ त्यो त छँदैछ । मैले विधि प्रक्रियाका लागि आवाज उठाएको हुँ । लुटपाटबाट सांसद बन्ने मेरो इन्ट्रेस्ट पनि हैन । जनताको अभिमतबाट बनाउनुपर्छ भन्ने हो । अरू ठाउँमा हार्दै हार्दै गएपछि त्यो मतदान केन्द्रमा पुगेर बुथ क्याप्चर गरियो । यो लोकतन्त्रको उपहास हो ।’

उनले मतगणनास्थलमा बस्ने वा नबस्ने भन्ने कुरामा स्थानीय पार्टीले निर्णय गर्ने बताइन् । स्याङ्जा २ मा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङ र एमाले उम्मेदवार अर्यालबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

प्रतिक्रिया दिनुहोस