९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जथाभाबी अभिव्यक्ति नदिन झलनाथ खनाललाई एमालेको चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा (एस) का नेता झलनाथ खनालले  इलाम क्षेत्र नं १ को निर्वाचन प्रक्रियामा प्रश्न उठाएपछि नेकपा एमालेले पराजय पछि हताश मानसिकता बोकेर जथाभाबी अभिव्यक्ति नदिन चेतावनी दिएको छ । 

साथै लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न पार्टीले खनाललाई स्मरण गराएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा इलाम क्षेत्र नं १ को मतदानको सुरु प्रक्रियादेखि नै गठबन्धनका उम्मेदवार नेकपा (एस) का नेता झलनाथ खनालले लगाएको आरोप प्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

उदयबहादुर राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा भाग लिएर मतगणना सुरु भई प्रारम्भिक नतिजा आउँदासम्म सबै प्रक्रिया सङ्गत, विधिसम्मत निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैमा अलोकतान्त्रिक प्रवृत्ति हो । अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस प्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरुदण्ड माथि कै हमला हो ।‘

निर्वाचनको प्रचारप्रसारको क्रममा राज्यसत्ताको दुरुपयोग गर्दै नेकपा (एमाले) का उम्मेदवार एवम् पार्टीका अन्य जिम्मेवार नेता कार्यकर्ताको मोबाइल ट्राकिङ्ग गरेको एमालेले आरोपसमेत लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)को राम्रो जनाधार भएको माईजोगमाई गाउँपालिका वडा नं. ५, सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्रसित बनाउन बम पड्काउनु, माई नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडीलाई लक्षित गरी बम पड्काउनु, गोर्खेमा मतपेटिका साट्ने दुष्प्रयास गर्नुजस्ता आपराधिक क्रियाकलापले जनताको जनमतको आधारमा होइन जालझेल र षड्यन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभीष्ट थियो जुन पूरा हुन सकेन ।’

प्रतिक्रिया दिनुहोस