८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

अ+ अ-

काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ।

दोलखाका १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ। हालसम्मको मत परिणामअनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति रहेका छन्।

जसअनुसार नेकपा एमालेका तर्फबाट धनकुटा–१ बाट राजेन्द्रकुमार राई, पाँचथर-१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु-१ मा मानवीर राई, खोटाङ-१ मा रामकुमार राई, इलाम-२ बाट सुवास नेम्वाङ, झापा-४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित भएका छन्।

साथै, एमालेका तर्फबाट सिरहा-३ बाट लिला नाथ श्रेष्ठ, काठमाडौँ-९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर-२ बाट प्रेमबहादुर महर्जन, कास्की-१ बाट मनबहादुर गुरुङ, लमजुङ-१ बाट पृथ्वी सुब्बा गुरुङ, कञ्चनपुर-१ बाट तारा लामा तामाङ गरी जम्मा १२ जना निर्वाचित भएका छन्।

प्रतिनिधिसभा सदस्यमा आदिवासी जनजातिमा नेपाली काँग्रेसका तर्फबाट तेह्रथुम-१ मा सीता गुरुङ, मोरङ-१ मा डिगबहादुर लिम्बू, रामेछाप-१ मा पूर्णबहादुर तामाङ, मनाङ-१ मा टेकबहादुर गुरुङ र मुस्ताङ-१ मा योगेश गौचन थकाली निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रका बाट भोजपुर-१ मा सुदन किराँती, काभ्रेपलाञ्चोक-१ मा सूर्यमान तामाङ (दोङ), नुवाकोट-१ मा हितबहादुर तामाङ, रुकुम पूर्व-१ मा पूर्णबहादुर घर्ती मगर, रोल्पा १ मा वर्षमान पुन, हुम्ला १ मा छिरिङ डम्डुल लामा (भोटे) निर्वाचित भएका छन्।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका तर्फबाट डोटी-१ मा प्रेमबहादुर आले, डोल्पा-१ मा धनबहादुर बुढा, बारा-४ मा कृष्णकुमार श्रेष्ठ, डोल्पा–१ मा धनबहादुर बुढा, दैलेख-१ मा अम्मरबहादुर थापा गरी पाँच जना सदस्य छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा-१ मा राजेन्द्रप्रसाद लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका तर्फबाट सुनसरी-१ मा अशोककुमार राई निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ-८ मा विराजभक्त श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट निर्वाचित रञ्जिता श्रेष्ठ पनि आदिवासी जनजाति हुन्।

प्रतिक्रिया दिनुहोस