७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली सिँचाइ आयोजना : ‘पानी ल्याउने विषय अन्योल’

अ+ अ-

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूल नहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन । गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो ।

राष्ट्रिय गौरवको आयोजनामा समेटिएको सो आयोजनामा तेस्रो चरण अन्तर्गत हालसम्म २६ किलोमिटर मूल नहर बनिसकेको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजन इन्जिनियर शम्भु पण्डितले नहरमा नियमित पानी ल्याउने विषयमा भारतीय पक्षसँग कुराकानी नभएको बताए ।

उनले हाल निर्माणाधीन मूल नहरका केही स्थानमा प्राविधिक समस्या देखिएकाले सो विषयमा ध्यान दिइएको जानकारी दिए । ‘गाउजी क्षेत्रको दोस्रो प्याकेजमा पर्ने जङ्गल क्षेत्रमा प्राविधिक समस्या हुँदा नहरमा नियमित पानी ल्याउने विषयमा कुरा भएको छैन’, उनले भने, ‘पानी ल्याएर कहाँ हाल्ने भन्ने विषयको पनि टुङ्गो छैन ।’

विसं २०६४ देखि सुरु भएको आयोजना विसं २०७५ मा आइपुग्दा १२ किलोमिटर मूल नहर निर्माण भएको थियो । पछिल्लो समय आयोजनाले गति लिएको इन्जिनियर पण्डितको भनाइ छ । ‘विसं २०७५ अघिसम्म मुआब्जा विवाद, बजेट अभाव लगायतका समस्याले जेलिएको थियो’, उनले भने, ‘अब समस्या नभएकाले आयोजनाले गति लिएको हो ।’

एक सय ५१ किलोमिटर मूल नहर निर्माण गरी कैलालीको मालाखेतीसम्म ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको आयोजनाले अहिले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूल नहर निर्माणको प्रक्रिया अघि बढाइरहेको छ । ‘मूल नहर निर्माणको स्टिमेट बनाएर स्वीकृतिका लागि सिँचाइ विभागमा पेस गरेका छौँ’, उनले भने, ‘स्वीकृति आउनासाथ अरू प्रक्रिया अघि बढ्छ ।’

हाल तीन चरणमा निर्माण भइरहेको मूलनहरको पहिलो चरणमा साढे पाँच किलोमिटर मूलनहरको काम सकिएको छ भने दोस्रो चरणमा पाँच किलोमिटरको पनि ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

त्यसै गरी तेस्रो चरणमा पाँच किलोमिटरको ७५ प्रतिशत काम सकिएको र बाँकी निर्माण भइरहेको छ । आयोजना अघि बढाउनका लागि हाल एक अर्ब २४ करोड रकम विनियोजित छ । त्यसै गरी शून्यदेखि २८ किलोमिटरसम्मको मूल नहर अन्तर्गत शाखा नहर निर्माणका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भइसकेको आयोजनाका इन्जिनियर पण्डितले जानकारी दिए ।

‘४८ किलोमिटर शाखा नहर बनाउन ठेक्का भइसकेको छ’, उनले भने, ‘त्यसका लागि एक अर्ब बढीको ठेक्का सम्झौता भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस