६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विषाक्त रसायनको मिसावट हेरेर मात्र झोल औषधि बिक्री गर्नू’: औषधि विभाग 

अ+ अ-

काठमाडौँ । औषधि व्यवस्था विभागले झोल औषधिहरूमा ‘इथिलिन ग्लाइकोल’ र ‘डाइथिलिन ग्लाइकोल’ को मिसावट भएका औषधिहरू बिक्री वितरण नगर्न सबै उत्पादक तथा पैठारीकर्ताहरूलाई निर्देशन दिएको छ । 

बालबालिकाहरूका प्रयोग हुने झोल औषधिहरूमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको अनिवार्य यकिन गरेर मात्रै बिक्री वितरण गर्न सूचना जारी गरेको हो । विभागले ‘प्रोपिलिन ग्लाइकोल’, ‘पोलिथिलिन ग्लाइकोल’,‘सोर्बिटोल’ र ‘ग्लिसरिनरग्लिसरोल’ जस्ता सहायक कच्चा पदार्थहरू प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने विशेष गरी झोल बनावटका औषधिहरूमा मिसावट नभएको यकिन गरी मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ ।

गाम्बिया तथा इन्डोनेसियालगायत देशहरूमा बालबालिकाहरूमा प्रयोग हुने झोल बनावटका औषधिहरूमा ती विषाक्त रसायनयुक्त मिसावटका कारणबाट बालबालिकाहरूको मिर्गौलामा गम्भीर असर भई मृत्यु भएको रिपोर्ट आइसकेका छन् ।

इन्डोनेसियामा १३३ र गाम्बियामा ७० बालबालिकाको मृत्यु भइसकेको छ । मृत्यु भएका बालबालिकाहरू अधिकांश ५ वर्षभन्दा कम उमेर समूहका रहेका छन् । यी बालबालिकाहरूमा कफ सिरपकै कारण मिर्गौलामा गम्भीर असर देखिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले पनि कफ सिरप तथा झोल औषधिकै कारण मिर्गौलामा गम्भीर असर गरी मृत्यु नै हुन सक्ने चेतावनी दिँदै औषधि तथा सिरप सिफारिस नगर्न सूचना जारी गरिसकेको छ । प्रतिबन्धित कफ सिरपहरूमा ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ रहेका छन् ।

विभागले भने ती ४ वटा कफ सरपहरू ती उत्पादक तथा सोका उत्पादनहरू विभागमा दर्ता नभएको जनाएको छ ।

यी सबै कफ सिरप भारतीय कम्पनी मैदन फर्मास्युटिकल्स लिमिटेडद्वारा हरयानामा बनेका हुन् । ती सिरपहरूमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लाइकोलजस्ता पदार्थ ‘अस्वीकार्य मात्रा’ मा भेटिएको पुष्टि भइसकेको छ । डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल मानव स्वास्थ्यका लागि विषाक्त हुन्छन् । यसले पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पिसाब फेर्न नसक्ने, टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन हुने र मिर्गौलामा गम्भीर असर पर्न गई मृत्यु हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस