९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरामा मतगणना सुरु 

अ+ अ-

काठमाडौँ। बाजुरामा मतगणना सुरु भएको छ । बुधबार निर्वाचन आयोगले गणना सुरु गर्न निर्देशन दिएपछि आज भएको सर्वदलीय बैठकमा जुरेको सहमतिअनुसार मतगणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयको भवनमा मतगणना सुरु भएको छ ।

बुधबार रातिदेखि नै मतगणना सुरु गर्ने तयारी भए पनि सर्वदलीय बैठकमा एमाले उपस्थित नभएपछि अन्यौलता बढेको थियो । तर, आज ११ बजेको सर्वदलीय बैठकमा एमाले प्रतिनिधिको पनि उपस्थिति भएपछि गणनाका लागि सहमति जुटेको हो । 

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित नाटेश्वरी मतदान केन्द्र ४ गते मतदानका क्रममा विवाद भएको थियो । सोही क्रममा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षका सञ्जीव ऐडीको मृत्यु भएको थियो । सोही मतदान केन्द्रमा नेकपा ९एमाले०का तर्फबाट मतदान प्रतिनिधि रहेका अनेरास्ववियुका नेता चेतन ऐडीमाथि राति घरमै गएर निर्घात कुटपिट भएको थियो । कुटपिटबाट उनको मृत्यु भएपछि विवाद झन् बढेको थियो ।

मंसिर ४ गते मतदान स्थगित भएको केन्द्रमा १० गते मतदान भएको थियो । अन्य मतदान केन्द्रमा भने ४ गते नै मतदान सम्पन्न भएको थियो । तर, एमाले र काँग्रेसले एक-अर्कालाई बुथ कब्जाको आरोप लगाउँदै पुनः मतदानको माग गरेका थिए । 

बाजुरामा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका बद्री प्रसाद पाण्डे र नेकपा एमालेका कर्ण थापा उम्मेदवार छन् । त्यस्तै, राप्रपाको जङ्गकुमार गिरी, जन समाजवादी पार्टी नेपालका रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडूवाल पनि प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस