९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी सात दलले पाए राष्ट्रिय पार्टीको मान्यता, एकीकृत समाजवादी ?

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले अहिले (आज शुक्रबार) सम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ ।

निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) दिउँसोसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएको जानकारी गराएका हुन् । जसअनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । समानुपातिकतर्फ अहिलेसम्म एक करोड तीन लाख ८२ हजार ७५ मत गणना भइसकेको छ ।

प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जामा भने मतगणना चलिरहेकाले त्यसको परिणाम आउन बाँकी रहेको बताएका छन् । आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना सम्पन्न हुने अनुमान गरेको छ । दलहरूले पाएको मत संख्याअनुसार उनीहरूले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन् । तर प्रत्यक्षमा १० सिट जितेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको मुस्किल भने बढ्दै गएको छ ।

उसले अहिलेसम्म २ लाख ९३ हजार मत ल्याएको छ । एक करोड ९ लाख मत खसेर करिब एक करोड ६ लाख सदर भएको अवस्थामा समाजवादीले ३ लाख १० हजारदेखि २० हजार आसपास मत ल्याए मात्रै राष्ट्रिय पार्टी हुन सक्ने अवस्था अहिले देखिएको छ । समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मतगणना भइसकेको छ ।

आयोगले दलहरूले प्राप्त गरेको संख्या पठाउने र दलहरूले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रम संख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउने छन् । त्यसो गर्दा एक तिहाइ महिलाको संख्या भने राजनीतिक दलहरूले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस