६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमामा हुने तस्करी नियन्त्रण गर्न डिआइजी मगरको निर्देशन

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश ठाडा मगरले सीमा क्षेत्रमा हुने तस्करी र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न मातहतका युनिटलाई निर्देशन दिएका छन्।

शुक्रबार सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्सामा निर्माण गरिएको सशस्त्र प्रहरी महिला ब्यारेक भवनको उद्घाटन समारोहमा सशस्त्र प्रहरी नायब महानिरीक्षक ठाडा मगरले भौतिक संरचना अभावमा पनि सशस्त्र प्रहरीले हरेक क्षेत्रमा सुरक्षा अवस्थालाई मजबुद बनाएको दाबी गर्दै अहिले स्थानीय तहको सरकारले पनि भौतिक पूर्वाधार संरचना निर्माणमा सहयोग गरेकोले अब सशस्त्र प्रहरीले नतिजामुखी परिणाम आउनेगरी काम गर्नुपर्ने बताए।

पहिले भौतिक पूर्वाधार संरचना अभावमा कार्यसम्पादनमा समस्या र चुनौती हुने गरे पनि अहिले बिस्तारै पूर्वाधार सम्पन्न गर्दै लगिएकोले परिणाममुखी काम गर्न निर्देशन दिए।

उत्तरी सिमानामा ७ वटा र दक्षिणी सिमानामा २०० गरी २ सय ७ वटा सीमा सुरक्षा पोष्ट स्थापना गरिएको र स्थापित सबै स्थान बिस्तारै भौतिक पूर्वाधार सम्पन्न बनाउनेतर्फ सशस्त्र प्रहरी अगाडि बढिरहेको समेत बताए।

राज्य र जनताले अहिले सशस्त्र प्रहरीमाथि नजर लगाउन मात्रै नभई केही उपलब्धिको पनि आशा गरिरहेकोले जनता र आशा र भरोसा जित्ने गरी काम गर्न सशस्त्र प्रहरीहरूलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस