९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी लाइसेन्स परीक्षामा अंकभार कार्यान्वयन फेरि स्थगित

अ+ अ-

काठमाडौँ । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू गर्ने निर्णयलाई बागमती प्रदेश सरकारले फेरि स्थगित गरेको छ ।

आइतबारदेखि लागू गर्न प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार पत्राचार गरेकोमा शुक्रबार नै रोक्न मुख्यमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

चालक अनुमतिपत्र परीक्षा कार्यविधि निर्देशिका, २०७७ कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन दिएपछि आइतबारदेखि यसको उद्घाटन तयारी भइरहेको थियो । तर, विभिन्न स्वार्थ समूहको चलखेलपछि रोकिएको स्रोत बताउँछ । यद्यपि, तयारी नपुगेकाले स्थगित गरिएको मन्त्रालयको भनाइ छ ।

स्रोतका अनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले अंकभारको प्रावधान लागू गराउन रोकेका हुन् । ट्रायल सेन्टरका सञ्चालकहरूले निर्देशिका कार्यान्वयन रोक्नका लागि चलखेल गरेको स्रोतको भनाइ छ । निर्देशिका कार्यान्वयन भएपछि अहिलेभन्दा दोब्बरले ट्रायल पास गर्ने र ट्रायल सेन्टरको व्यापार घट्ने भएपछि उनीहरूले रोक्न लबिङ गर्दै आएका छन् । यसअघि पनि तीन पटक निर्देशिका कार्यान्वयनको तयारी गरेर रोकिएको थियो ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव सुरेश राउतले भने तयारी नपुगेकाले तत्कालका लागि स्थगित गरिएको बताए । ‘हामीले यातायात कार्यालयका प्रमुखहरूसँग कुरा गर्दा जनशक्ति अपुग हुने कुरा आयो, निर्देशिका कार्यान्वयन गर्दा हरेक परीक्षार्थीको छुट्टाछुट्टै फारम तयार गर्नुपर्छ, त्यस कारण तयारी नपुगेकाले नै अहिलेलाई स्थगित गरेका हौँ, केही हप्तापछि सुरु गर्छौँ, यसमा कसैको दबाब छैन ।’

१९ चैत ०७७ मा जारी भएको सवारी चालक अनुमतिपत्र परीक्षा कार्यविधि निर्देशिकामा भएको परीक्षासम्बन्धी नयाँ परीक्षा प्रणाली तय भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । सो निर्देशिकामा ट्रायल परीक्षामा सय पूर्णाङ्कमा ७० अङ्क ल्याए उत्तीर्ण हुने प्रावधान छ ।

हाल शतप्रतिशत अङ्क ल्याउनुपर्ने हुन्छ । यद्यपि, गाडीको हकमा उकालो–ओरालो र ‘एल ब्याक’ तथा मोटरसाइकल–स्कुटरको हकमा उकालो–ओरालो अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने हुन्छ । प्रदेश १, मधेस, गण्डकी प्रदेशमा भने यसअघि नै यो निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन हुँदै आएको छ । कार्यविधि लागू हुँदा धेरै जना उत्तीर्ण हुने भएकाले यातायातमा सर्वसाधारणको भिड पनि कम हुने र यसबाट सरकार र सर्वसाधारण दुवै पक्षलाई फाइदा हुने यातायात कार्यालयका एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस