९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदाधिकारी हराएको भन्दै विश्वविद्यालयका विद्यार्थीहरूले टाँसे पोस्टर

अ+ अ-

काठमाडौँ । चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरूले पदाधिकारी हराएको भन्दै पोस्टर टाँसेका छन् । विभिन्न माग राख्दै एक सातादेखि आन्दोलन गर्दै आएको संयुक्त विद्यार्थी सङ्गठनले विश्वविद्यालयका पदाधिकारी हराएको भन्दै पोस्टर टाँस गरेको हो । 

विगत ८ दिनदेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरूले नारायणगढ बजारको मुख्य मुख्य ठाउँहरू पोखरा बसपार्क, पुल्चोक, शहिदचोक, लायन्स चोक, वीरेन्द्र क्याम्पस, चौबसीकोटी, सप्तगण्डकी, हाकिमचोक, पारस बसपार्क लगायत क्षेत्रमा ‘पदाधिकारी हराएको’ सूचना सहितको पोष्टर टाँस गरेका हुन् । 

विश्वविद्यालयका पदाधिकारीहरूले विद्यार्थीहरूको आवाज नसुनेको भन्दै छैटौँ दिन सिट्टी फुकेर निदाएका पदाधिकारीलाई उठाउने प्रयास गरेका थिए । सिट्टी फुकेर पनि नउठेको भन्दै उनीहरूले सातौँ दिन एसएमएस गरेर खोज्ने प्रयास गरेका थिए । तर, त्यसपछि पदाधिकारी सम्पर्कमा नआएपछि आठौँ दिन पदाधिकारी हराएको सूचनासहितको पोष्टर ठाउँ ठाउँमा टाँस गरिएको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताए । 

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु (छैटौँ) ले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन् । उनीहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि सङ्काय, प्रशासन, डीनको कार्यालय लगायतमा तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस