१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपराजित रहँदै सुदूरपश्चिमले जित्यो यु-१९ राष्ट्रिय क्रिकेटको उपाधि

अ+ अ-

काठमाडौँ । यु-१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमले जितेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।

लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले ३९ रनको अविजित इनिङ खेल्दा दीपक बोहोराले २५ रन बनाएका थिए। त्यस्तै, अनुराग सिंह २२ रनमा आउट भए।

लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट तथा निर्मल गुरुङ र अभिषेक गौतमले १-१ विकेट हात पारेका थिए। त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले खराब प्रदर्शन गरेको थियो। उसका लागि आकाश त्रिपाठीले ३८ रन बनाउनु सर्वाधिक रह्यो।

खराब ब्याटिङ गरेको लुम्बिनी २९.१ ओभरमा अलआउट हुँदै ९२ रनमा नै सीमित भएको थियो। उसका लागि आकाशबाहेक अन्यको प्रदर्शन निराशाजनक रह्यो।

नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन असफल रहे। सुदूरपश्चिमका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन बनाएर ५ विकेट लिएका थिए। त्यस्तै, हेमन्त धामी र नरेन साउदले समान २-२ विकेट लिए।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाईनलमा पुगेको थियो।

लुम्बिनी र सुदूरपश्चिमबीच गत संस्करणमा भएको फाइनलमा भने लुम्बिनीले ११३ रनले जितेको थियो।

जारी संस्करणमा भने सुदूरपश्चिमले शतप्रतिशत नतिजा निकाल्दै उपाधि चुम्यो। ७ मंसिरबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको थियो।

उपाधिसँगै सुदूरपश्चिमले २ लाख नगद प्राप्त गर्दा उपविजेता बनेको लुम्बिनीले १ लाख नगद हात पारेको छ । 

प्रतिक्रिया दिनुहोस