५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेन्ट्रल पाम्स होटेललाई ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन

अ+ अ-

काठमाडौँ । उपभोक्तासँग सर्भिस चार्ज र अतिरिक्त भ्याट लिएको भन्दै चितवनस्थित सेन्ट्रल पाम्स होटेललाई एक साताभित्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा हाजिर हुन निर्देशन दिइएको छ । 

सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सेन्ट्रल पाम्स होटेलको नाममा पत्र काटेर एक साताभित्र मेनुसहित विभागमा उपस्थित हुन निर्देशन दिएको हो । 

चितवनको नारायणगढमा रहेको उक्त होटेलले मेनुमा उल्लेख गरेको रकममा १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत अतिरिक्त भ्याट लिएको भन्दै एक ग्राहकले विभागमा उजुरी गरेका थिए । उपभोक्ता तेजप्रसाद अर्याल र प्रदीप बोहराको उजुरीका आधारमा विभागले उजुरी प्राप्त भएको २४ घण्टा नबित्दै होटेलको नाममा ७ दिनभित्र उपस्थित हुन पत्र काटेको हो । 

नारायणगढमा रहेको उक्त होटेलमा बास बस्न पुगेका ग्राहकद्वय तेजप्रसाद अर्याल र प्रदीप बोहोरासँग होटेलले मेनुमा भएको र कोठाको शुल्कमा १० प्रतिशत सर्भिस चार्ज जोडी १३ प्रतिशत भ्याटसमेत थप गरी लिएको थियो । उक्त व्यवस्था मूल्य अभिवृद्धिकर नियमावली २०५३ को नियम १४ ख उपभोक्ता संरक्षण ऐनको दफा ६ को उपदफा २ (च), २(ञ), दफा ११ को ग, १२ ख, १६ (२) क लगायतको कानुन विपरीतको कार्य रहेको भन्दै उपभोक्ताले विभागमा उजुरी गरेका थिए । उजुरीमा ग्राहकले आफूहरूले अतिरिक्त रकम नतिर्ने भन्दा आफूहरूलाई जोर जबरजस्ती गरी तिर्न बाध्य बनाएको हुँदा उक्त होटेललाई तत्काल कारबाही गरी आफूहरूसँग बढी लिइएको रकम फिर्ता गराउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

उपभोक्ताले विभागमा उजुरी गरेपछि सोमबार नै विभागका तर्फबाट होटेललाई पत्र लेख्दै मेनुमा नै सबै शुल्क समावेश हुने गरी मूल्य उल्लेख गरेको मेनु लिएर एक साताभित्र विभागको केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । 

यसअघि ग्राहकले आन्तरिक राजश्व कार्यालय भरतपुरमा उजुरी गरी उक्त होटेललाई कारबाही गर्न र उपभोक्तासँग बढी लिइएको रकम फिर्ता गराउने वातावरण बनाइदिन आग्रह गरेका थिए । आन्तरिक राजश्व कार्यालय भरतपुरले समेत मंसिर ८ गते गरेको उजुरीको २४ घण्टा नबित्दै मंसिर ९ गते नै होटेलमा पुगी कैफियत गरेको पाइएपछि कारबाही र मेनु सच्याउन निर्देशन दिई ग्राहकसँग बढी लिएको रकम फिर्ता गर्न मौखिक निर्देशन दिएको थियो । 

प्रतिक्रिया दिनुहोस