६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्वार्को चोकमा ‘फ्लाइओभर’ को काम सुरु हुँदै 

अ+ अ-

काठमाडौँ । ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि ‘फ्लाइओभर’ को काम सुरु हुने भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी आउँदो शुक्रवार ‘फ्लाइओभर’ को कामको उद्घाटन हुने सडक विभागले जनाएको छ । 

१७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र रेलिग्रे जेभीले फ्लाइओभर निर्माणको जिम्मेवारी पाएका छन् । गएको वर्षको माघमा ठेक्का पाएका कम्पनीले फागुनदेखि डिजाइन गरिरहेका थिए । डिजाइन र पूर्वतयारीका काम सकिएकाले अब काम सुरु हुने विभागले जनाएको छ । 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको उचाइ छ मिटरको हुने छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरबाट कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने योजनाअन्तर्गत पहिलो चरणमा ग्वार्कोमा काम सुरु गर्न लागेको जानकारी दिनुभयो ।

सबै प्रकारका गाडी आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको हुनेछ । निर्माण भइसकेपछि यस चोकमा चक्रपथका गाडी फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन र इमाडोल आउजाउ गर्ने गाडी फ्लाइओभर मुनिबाट चल्नेछन् । फ्लाइओभरको लम्बाइ चार सय ५५ मिटरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस