८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेहाले मुद्दा दर्ता गरेसँगै ग्रान्डी र नर्भिकबाट पनि निकालिए पङ्कज

अ+ अ-

काठमाडौँ । दाइजोको माग गर्दै घरेलु हिंसामा परेकी महोत्तरीकी नेहा चौधरीले श्रीमान् पङ्कज चौधरीविरुद्ध दुईओटा मुद्दा दायर गरेकी छन्।

मनग्य दाइजो र सुन दिएपनि अझै धेरै दाइजोको माग गर्दै आफूलाई पटक-पटक शारीरिक तथा मानसिक यातना दिएको भन्दै उनले डाक्टर समेत रहेका श्रीमान् पंकजविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी हुन्। उनले दायर गरेका दुई मुद्दामा घरेलु हिंसा र दाइजोको माग रहेका छन्।

केही समयअघि प्रहरी कार्यालयमा उजुरी दिएपनि अब मिलेर बस्ने भन्दै छुटेका पङ्कजले अझै धेरै हिंसात्मक गतिविधि गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत न्यायको आह्वान गरेकी थिइन्।

महोत्तरीको औरही १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर ५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो। विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाको गुनासो छ।

ग्रान्डी अस्पतालमा जनरल फिजिसियनका रुपामा कार्यरत डा. पङ्कजको यो घटना बाहिरिएसँगै उनलाई अस्पतालले पनि बर्खास्त गरेको छ। यसका साथै उनी कार्यरत नर्भिक अस्पतालले पनि उनलाई बर्खास्त गरेको छ।

पङ्कज र आफूबीच तीन वर्षको प्रेम सम्बन्ध रहेको र त्यसैलाई विवाहमा परिणत गरेको बताउने नेहाले विवाहपछि दाइजोको विषयलाई लिएर आफूमाथि हिंसा हुन थालेको बताइन्।

नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०-६० लाख चाँदीका गहना दाइजो दिइएको छ। तर, बिहेपछि पङ्कजले काठमाडौँमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए। दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई यातना दिने गरेको नेहाले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस