७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा गाडिएको अवस्थामा भेटिए पशुचौपाया 

अ+ अ-

काठमाडौँ। कञ्चनपुरको वेदकोट नगरपालिकामा व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरू आन्दोलित भएका बेला केही पशुचौपाया खाडलमा गाडिएको अवस्थामा भेटिएका छन् । 

वेदकोट नगरपालिका–३ को चोरपानी नजिकै खाडलमा गाडेको अवस्थामा करिब आधा दर्जन पशु चौपाया स्थानीयले डोजरको प्रयोग गरेर निकालेका हुन् ।

तर ती गाई गोरु खाडल गाडेर कसले गाडेको हो भन्ने कुरा खुलेको छैन । स्थानीयले भने नगरपालिका कार्यालयले हत्या गरेर रातारात पशुचौपाया गाडेको आरोप लगाएका छन् ।

व्यवस्थापनको माग गर्दै स्थानीयले आइतबार र सोमबार नगरपालिका कार्यालयमा ल्याएर पशुचौपाया थुनेपछि राति ट्रकमा वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरिएको गौशालामा लगेर राखिएको मेयर भोजराज बोहराले बताए ।

उनले सोमबार राति १५३ पशुचौपायालाई गौशालामा पुर्‍याइएको बताउँदै खाडलमा गाडिएको अवस्थामा भेटिएको बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । तर मंगलबार बिहान गौशालामा राखिएका १५३ र यसअघि व्यवस्थापन गरिएका करिब अढाई सय गाईगोरु समेतलाई अज्ञात समूहले गौशालाबाट निकालिदिएपछि समस्या भएको उनको दाबी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले गाईगोरु खाडलमा गाडिएको अवस्थामा भेटिएको सामाजिक सञ्जालबाट थाहा पाएको बताए । तर कानूनी कारवाहीका लागि कुनै व्यक्ति वा पक्ष जिल्ला प्रहरी कार्यालयसम्म नपुगेको बताए ।

प्रतिक्रिया दिनुहोस