७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशकै पहिलो रेफरल जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

अ+ अ-

काठमाडौँ । प्रदेश १ मा देशमै पहिलो पटक आधुनिक रेफरल जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ। विराटनगर महानगरपालिका-१४ मा प्रदेश सरकार र दातृ निकाय ‘सेभ द चिल्ड्रेन’को सहयोगमा कुल १० करोड ५० लाख रुपैयाँ लागतमा आधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।

बुधबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रयोगशालाको उद्घाटन गरेका छन्। सञ्चालनमा आएको उक्त जनस्वास्थ्य प्रयोगशालाले प्रदेशमा सञ्चालित सबै स्वास्थ्य प्रयोगशालाहरूलाई नियमन गर्नेछ। प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने उद्देश्यले सो प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको बताइएको छ।

यसले प्रयोगशाला स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्रयोगशालाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने, गुणस्तर सुधार गर्ने, मापन र तिनीहरूलाई प्रमाणित गर्ने, सर्वसाधारणलाई न्यूनतम लागतमा प्रयोगशाला सेवाहरू उपलब्ध गराउने तथा चिकित्सा क्षेत्रमा अनुसन्धान र विकास गर्ने लगायतका कार्यहरु गर्ने प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले बताए।

प्रयोगशालालाई जनस्वास्थ्यबारेको उत्तम अनुसन्धान केन्द्रको रुपमा अगाडी बढाउने कार्यमा प्रदेश सरकारले उचित बजेट विनियोजन गरेमा धेरै लाभ लिन सकिने प्रयोगशाला प्रमुख जैबेन्द्र यादवले बताए। ग्लोबल फण्डको सहयोगमा स्थापना भएको यो प्रयोगशालाले एचआइभी, क्षयरोग र मलेरियाको मात्र नभई सम्पूर्ण रोगहरूको समयमै पहिचान, उपचार र निराकरणमा सहयोग पु¥याउने सेभ द चिल्ड्रेनका पूर्वफिल्ड कार्यालयका एसोसीएट डाइरेक्टर डा. अजय कान्तले बताए।

प्रतिक्रिया दिनुहोस