१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रेस, यी हुन दाबेदार

अ+ अ-

काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष एवं समानुपातिकतर्फको मत परिणाम सार्वजनिक भएको छ । योसँगै लुम्बिनी प्रदेशको स्थायी मुकाम दाङको राप्ती उपत्यकामा मुख्यमन्त्रीको कार्यालय सञ्चालनमा आएको छ। अहिले प्रदेश सरकार गठन एवं मुख्यमन्त्री बन्ने चलखेल र दौडधुप चलिरहेको छ।

सत्ता गठबन्धन बमोजिम नै प्रदेश सरकार गठन हुने लगभग निश्चित छ। लुम्बिनी प्रदेशमा अहिले नेपाली काँग्रेसले मुख्यमन्त्री पाउँने विषयमा काँग्रेसका नेताहरू ढुक्क छन्।

दाङ क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित काँग्रेसका उप–सभापति एवं संविधानसभा सदस्य राजु खनाल आफू सिनियर भएको कारण लुम्बिनीको मुख्यमन्त्रीमा दाबी रहेको र आफू नै मुख्य मन्त्री हुनेमा विश्वस्त छन्। पार्टी सभापति शेरबहादुर देउवासँगको सम्बन्ध निकट रहेको कारण पनि उनी ढुक्क जस्तो देखिन्छन् ।

यस्तै लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी पनि आफू मुख्यमन्त्री बन्नेमा ढुक्क छन्। उनी दाङ क्षेत्र नम्बर ३ (१) बाट विजयी भएका नेता हुन् । प्रदेशमा थारु बाहुल्यता भएको कारण र पार्टी सभापति देउवा र उनकी धर्म पत्नी आरजु राणा देउवाको समेत विश्वासपात्र भएको कारण आफू नै मुख्यमन्त्री हुनेमा चौधरी ढुक्क भएका छन्।

त्यस्तै काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक पनि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने लाइनमा देखिएका छन् । काँग्रेस संस्थापन पक्षका नेता हुनुका साथै केन्द्रीय सदस्य एवं मधेसी नेता भएको कारणसमेत अब्दुल मुख्यमन्त्री बन्छन् दौडमा देखिएका छन् ।

काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन रोल्पा प्रदेश २ बाट चुनाव लडेका थिए। पुन पराजित हुँदा प्रदेश सभापतिको मुख्यमन्त्री बन्ने सपना तुहिएको छ। पुनले चुनाव हारे पश्चात् लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वीर बहादुर राना मुख्यमन्त्री बन्ने लाइनमा रहेका छन् ।

यसैगरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय राजनीति गर्दै नेपाल तरुण दलको का.वा. केन्द्रीय अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका युवा नेता जन्मजय तिमिल्सिना पनि बर्दिया क्षेत्र नम्बर २ ९१०बाट विजयी प्रदेश सभा सदस्य हुन् । उनी गृहमन्त्री बालकृष्ण खाँणका खास विश्वासपात्र पनि हुन्। काँग्रेसका सह महामन्त्री किशोर सिंह राठौरसँगको राम्रो सम्बन्धका कारण उनी पनि मुख्यमन्त्रीमा होमिएका छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको बागडोर कसको हातमा जान्छ भन्ने सबैको चासोको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस