९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् खपतमार्फत नै समृद्धि : कुलमान घिसिङ

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् ।

आज (बिहीबार) नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको जानकारी गराएका हुन् । उनले नेपालमा उत्पादन विद्युत् नेपालमा नै खपत बढाउनका लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको बताए ।

घिसिङले विद्युत् खपतको लागि चार्जिङ स्टेसनहरू बिस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए । उनले विद्युत् प्रसारण, वितरण र सव स्टेसनको विकास नभई विद्युत् खपत बढाउन नसक्ने बताएका छन् । उनले प्राधिकरण गुणस्तरीय विद्युत् र चाहे जति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताए । घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताए ।

उनले भने, ‘अहिले नेपालमा नै विद्युत् खपत बढाउनको लागि इभि एक्स्पोदेखि इभिको प्रमोसन भएको छ । चार्जिङ स्टेसनहरू बढेको छ । प्राधिकरण इन्डक्स कुकिङको कुरा गरिरहेका छौँ । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छौँ ।’

विद्युत् प्रसारण वितरण र सव स्टेसनको विकास नभई धेरै विद्युत् खपतको अपेक्षा गर्न सक्दैनौँ । विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठूलो लगानी भइरहेको छ । प्राधिकरण निरन्तर, गुणस्तरीय विद्युत् र चाहे जति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौँ । गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा पुग्दैछौं । यसले विद्युतीय उपकरणको खपत बढ्ने विश्वास लागेको छ । केही वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था आउँदैन । वर्षाको समयमा विद्युत् निर्यात गरिरहेका छौँ । विद्युत् निर्यात गर्नु सरकारको सफलता होइन तर खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात नै गर्नुपर्छ । विद्युत् खपत बढाउने हो । विद्युत् खपतमार्फत नै देश समृद्ध हुन्छ । एक युनिक विद्युत् पनि खेर फाल्नु हुँदैन ।’

उनले अबको २ वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था नआउने बताएका छन् । उनले वर्षाको समयमा विद्युत् निर्यात गरिरहेको भन्दै विद्युत् निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात गर्नु राम्रो भएको बताएका छन् । उनले विद्युत् खपत बढाए मात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिक विद्युत् पनि खेर फाल्नु नहुने बताए ।

प्रतिक्रिया दिनुहोस