७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम क्षेत्र सुधार प्रयासका लागि आइएलओ महानिर्देशक र सिंगापुर जनशक्ति मन्त्रीद्वारा नेपालको प्रशंशा

अ+ अ-

काठमाडौँ । श्रम क्षेत्रमा नेपालले गरेको सुधार प्रयासलाई अन्तराष्ट्रिय जगतमासमेत उच्च प्रशंशा भएको छ । सिंगापुरमा जारी अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा आयोजित १७ औं एसिया तथा प्रशान्त क्षेत्रीय बैठकका क्रममा अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ. हाउङ्बो र सिंगापुरका जनशक्ति मन्त्री डा. तान सी लेङले प्रशंशा गरेका हुन् ।

बैठकमा नेपालको तर्फबाट सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले स्वरोजगार र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायराभित्र ल्याएको तथा श्रमिकहरुको विवरण डिजिटाईज गर्नेबारे प्रस्तुती पछि आईएलओ, सिंगापुरलगायत सहभागी अन्य देशका प्रतिनिधिहरुलेसमेत प्रशंशा गरेका थिए ।

‘सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै अनौपचारिक क्षेत्रभित्र पर्ने स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने कार्यविधिलाई पारित गरेको विषयमा सहभागीबाट राम्रै रेस्पोन्स आयो’ सचिव अर्यालले भने ‘श्रमिकहरुको विवरण डिजिटाइजेसन गर्न लागेको बारे त आइएलओ महानिर्देशक र सिंगापुर म्यानपावर मन्त्रीले खुलेर प्रशंशा गरे ।’

श्रम बजारलाई अझ परिस्कृत गर्न सामाजिक सुरक्षाबाट प्रदान भइरहेका कार्यक्रमहरुलाई थप परिमार्जन पनि गरिरहेको भेटमा सचिव अर्यालले बताएका थिए ।

सचिव अर्याल नेतृत्वको टोलीले कतारका श्रम मन्त्री तथा युएइका सचिवसँगसमेत भेटघाट गरेका छन् ।

बैठकलाई बुधबार सम्बोधन गर्दै सचिव अर्यालले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए ।

सम्बन्धित समाचार : अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

पछिल्लो समय मन्त्रालयले श्रम विभाग मार्फत श्रमिकहरुको विवरण राख्ने कार्य शुरु गरेको छ । सात सय ५३ वटै स्थानीय तहसँग जोड्ने गरी भईरहेको कार्यले नेपालको श्रमिक क्षेत्र सुधारका लागि कोशेढुंगा सावित हुने मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस