१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुदानमा उन्नत जातको गाई वितरण

अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘अग्र्यानिक मैवाखोला’ अभियानअन्तर्गत अनुदानमा उन्नत जातको गाई वितरण गरेको छ । किसानको आयआर्जन बढाउन गाई वितरण गरिएको हो ।

गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा करिब रु आठ लाखमा १३ वटा उन्नत जातको गाई खरिद गरी किसानलाई वितरण गरेको गाउँपालिकाका पशु शाखाका प्रमुख वमप्रसाद वनेमले बताए। वनेमका अनुसार होलस्टेन र जर्सी जातका गाई चितवन जिल्लाबाट खरिद गरी गाउँपालिकाको वडा नम्बर १ ढुङ्गेसाँघुका किसानलाई वितरण गरिएको छ । किसानलाई आम्दानीको स्रोत बढाउन र दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाई वितरण गरिएको पशु शाखाले जनाएको छ ।

गाई वितरण गरिएसँगै कम्पोष्ट मल उत्पादन हुने गरेर किसानले खेतीपाती उत्पादन वृद्धि तथा अग्र्यानिक सागसब्जी उत्पादन गर्ने गाउँपालिकाले अपेक्षा गरेको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले बताए । गाउँपालिकाले अगाडिनै अग्र्यानिक गाउँपालिका बनाउने घोषणा गरिसकेको छ । अभियानका लागि उन्नत जातका गाई, बाख्रासमेत खरिद गर्ने तयारी भइरहेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । वनेमले भने, ‘गाउँपालिकामा दूध सङ्कलन तथा प्रशोधन गर्न डेरी उद्योग सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस