१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वन्यायाधीश लालसहित ३१ जना सम्मानित

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालसहित ३१ जना सम्मानित भएका छन्। शनिबार राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा नेपाल र भारतका विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको हो।

लाल कानुन व्यवसायीपछि लाल हेटौँडा पुनरावेदन अदालतका न्यायाधीशका रूपमा नियुक्त भएका थिए। त्यसपछि मुख्य न्यायाधीश हुँदै २०६७ मंसिरदेखि उनी सर्वोच्च अदालतका न्यायाधीश नियुक्त भएका हुन्।

उनी बहुचर्चित लाल आयोगको संयोजक रहिसकेका छन्। वर्तमान संविधान जारी हुनुअघि मधेस र थरुहट क्षेत्रमा भएको आन्दोलनको जाँचबुझ गर्न उक्त आयोग गठन गरिएको थियो जसले सात सयभन्दा बढी पृष्ठको प्रतिवेदन सरकारलाई बुझाएको थियो। यद्यपि, उक्त प्रतिवेदन सार्वजनिक भने भएको छैन।

यसैगरी, ६६ पुसमा सर्वोच्चले गठन गरेको विकृतिविहीन न्यायपालिकाको विकासका लागि अध्ययन कार्यदलमा पनि उनी सदस्य थिए। ०७२ साउनमा गठित यस्तै अर्को अध्ययन समितिमा उनी संयोजक थिए।

पूर्वन्यायाधीशहरू लाल, लोकेन्द्र मल्लिक र कमलनारायण दासका साथै पूर्व प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, शिक्षाविद् शैलेन्द्रनारायण मल्लिक र घनश्यामलाल दासलाई उक्त कार्यक्रममा सम्मानित गरिएको थियो।

मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तलाई शिक्षा र सुशासनका क्षेत्रमा योगदान दिएकोमा सम्मानित गरिएको छ। समाजसेवा र उद्यमका क्षेत्रबाट अरुणकुमार कर्ण तथा स्वास्थ्य क्षेत्रबाट डा। श्यामसुन्दर दासलाई सम्मान प्रदान गरिएको हो।

न्याय र सुशासनका क्षेत्रमा योगदान गरेकाले जनार्दनलाल मल्लिकलाई पनि मृत्युपश्चात् सम्मान गरिएको छ। शुक्रबार र शनिबार राजधानीमा आयोजित कर्ण कुम्भ-२ मा उनीहरूलाई आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत सम्मानित गरिएको हो।

प्रतिक्रिया दिनुहोस