६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाबुरामलाई राष्ट्रपति बनाउने भद्र सहमति भएको छ’

अ+ अ-

काठमाडौँ । नयाँ सरकार गठनको रस्साकस्सीसँगै प्रमुख संवैधानिक पदहरू कसको पोल्टामा पर्ने भन्ने विभिन्न आङ्कलनहरू सुरु भएका छन् । नयाँ सरकारको नेतृत्व कसले गर्छ भन्नेमा नै संवैधानिक पदहरूको बाँडफाँट निर्भर हुनेछ ।

यसबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको नयाँ राष्ट्रपति बन्न सक्ने चर्चा हुन थालेको छ । गोरखा क्षेत्र नम्बर-२ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छोडेसँगै बाबुराम ‘राष्ट्रपति’ को दाबेदार बन्न सक्ने आङ्कलन गरिएको थियो । छोरी मानुषी यमी भट्टराईलाई काठमाडौँ-७ बाट निर्वाचित गराएर राष्ट्रपतिमा जाने योजना बनाएकाले निर्वाचन नलडेको हुन सक्ने धेरैको अनुमान थियो । 

प्रचण्ड गोरखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए पनि मानुषी भने निर्वाचित हुन सकिनन् । माओवादीले आफूले सोचेभन्दा कम सिट ल्याए पछि सत्ताको बार्गेनिङ गर्ने प्वाइन्टमा पुग्न सकेको छैन । 

माओवादी अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने स्पष्ट भए पनि पहिलो चरणमा प्रधानमन्त्रीको नेतृत्व कसले लिने भन्ने विषयमा अहिलेसम्म सहमति हुन नसकेको बताएका छन् । गत आइतबार प्रेस सेन्टरको एक कार्यक्रममा बोल्दै प्रचण्डले निर्वाचन आयोगले सबै परिणाम बुझाएपछि सरकारको नेतृत्वको विषयमा समझदारी गरेर अघि बढिने बताए ।

प्रचण्ड पहिलो चरणमै सरकारको नेतृत्व लिने अडानमा छन् । आलोपालो प्रधानमन्त्रीको नेतृत्व गर्दा पहिलो चरणमा नपाए सरकारमा नजाने प्रचण्डले सङ्केत दिइसकेका छन् । पहिलो चरणमा प्रधानमन्त्रीको नेतृत्व नपाएमा पछि प्रधानमन्त्री बन्न निक्कै सकस हुने भएकाले आफ्नो अडान नछाड्ने सङ्केत दिएका छन् । बरु काँग्रेस र एमालेले सरकार बनाए आफू सदन र सडकको मोर्चालाई बलियो बनाउने प्रचण्डले बताएका थिए । 

माओवादी संसदीय अङ्कगणितमा तेस्रो भएकाले पहिलो चरणमै सरकारको नेतृत्व प्रचण्डले पाउने सम्भावना भने सहज छैन ।  तत्काललाई काँग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था देखिएको छैन । यस्तोमा प्रधानमन्त्री काँग्रेसले लिएर राष्ट्रपति माओवादीले तथा सभामुख एकीकृत समाजवादीले पाउने सक्ने अवस्था छ । त्यसैले काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुने नै प्रधानमन्त्रीको कुर्सीमा पुग्ने देखिएको छ ।

राष्ट्रपति माओवादी पोल्टामा परेमा बाबुराम नै हुन सक्ने नेपाल समाजवादीका एक नेताले बताए । प्रचण्ड, बाबुराम र देउवाबीच नयाँ राष्ट्रपतिमा उनलाई अघि सार्ने विषयमा भद्र सहमति नै भएको ती नेताको दाबी छ । तीन नेताबीच कुन–कुन विषयमा भद्र सहमति भएको छ भन्ने विषयमा बाहिर खुलाइएको छैन । 

उता माओवादीबाट राष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’, अग्निप्रसाद सापकोटालगायत नेताले समेत नजर लगाएका छन् । 

नेपाल समाजवादी पार्टीका नेता एवम् प्रदेश सांसद गङ्गानारायण श्रेष्ठ भने बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने विषयमा भद्र सहमति भएकोबारे अनभिज्ञता प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस