९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० वर्षे युवाले सट्टेबाजीमा करोडौँको कारोबार गरेको खुलासा

अ+ अ-

काठमाडौँ । एक २० वर्षे युवकले विश्वकपलगायतका विभिन्न खेलहरूको सट्टेबाजीमा करोडौँको अवैध कारोबार गरेको पाइएको छ । प्रहरीले महोत्तरी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २ बस्ने आदर्श ठाकुरलाई पक्राउ गरेसँगै यस्तो रहस्य फेला परेको हो । 

रसियन बेटिङ  एप्लिकेसन १ एक्स बेटमार्फत खेलको सट्टाबाजी लगाउने कार्यमा उनी एजेन्टको रूपमा सक्रिय रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सानेपाबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाइएको छ । 

उनले बेटमार्फत सट्टाबाजी गराउन विगत ८ महिनादेखि सट्टेबाजी गर्ने एजेन्टको रूपमा काम गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ । यसैगरी रकम सङ्कलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संलकन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा उनले डिजिटल अकाउन्ट खोलेको पाइएको छ । सो क्रममा उनले विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकको सिमकार्ड समेत खरिद गरेको पाइएको अनुसन्धानबाट खुलेको कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए । 

उनले सट्टेबाजीका क्रममा वालेटमा सङ्कलन गरेको रकम नबिल, सिद्धार्थ र एनआईसी एसिया बैङ्कको आफ्नो खातामा रकमान्तरण गर्ने गरेको पाइएको छ । यसरी उनले वालेटबाट २ करोड २८ लाख ४ हजार ४४८ रुपैयाँ रकमान्तर गरेको पाइएको कोइरालाले बताए । 

हालसम्म अनुसन्धानको क्रममा खुल्न आएका ४८५ वटा विभिन्न सेवा प्रदायहरुका डिजिटल वालेटहरुको कारोबार रोक्का राखी अनुसन्धान भइरहेको पनि कोइरालाले बताए । 

प्रतिक्रिया दिनुहोस