७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सरकारसँग कानुन सिक्दै विद्यार्थी

अ+ अ-

काठमाडौँ । स्थानीय तहका सरकारसँग विद्यार्थीहरूले कानुनका कुरा सिक्न थालेका छन् । सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा दिँदै आएको कालिका मानविज्ञान माविमा कानुन विषय अध्ययन गरिरहेका विद्यार्थीले स्थानीय सरकारसँग कानुनका कुरा सिक्न थालेका हुन् ।

स्थानीय सरकारका काम कारबाहीको बारेमा स्थलगत जानकारी दिन र स्थानीय योजना निर्माण तथा कानुन निर्माण प्रक्रियालाई व्यवहारिक रूपमा बुझ्नको लागि १५ दिने कार्यक्रम अन्तर्गत वडा कार्यालयहरूमा विद्यार्थी पुगेका छन् । लुम्बिनी प्रदेशका २४ पालिकाका ६७ वटा वडा कार्यालयहरूमा रहेर विद्यार्थीहरूले व्यावहारिक कानुनी अभ्यास गर्ने कार्यक्रम रहेको विद्यालयका कानुन समूहका इन्चार्ज शिक्षक युवराज कँडेलले बताए । 

उनका अनुसार कानुन समूहमा अध्ययनरत कक्षा १२ का १०६ जना विद्यार्थीहरूले लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके तथा गण्डकी प्रदेशका बागलुङ र नवलपुर जिल्लाका पालिकाका वडा कार्यालयमा रहेर अभ्यास गर्ने र ३ दिन स्थानीय न्यायिक समितिसँग बसेर सिक्नेछन् । यो कार्यक्रम मंगलबारदेखि सुरु भएको हो ।

पालिकाका वडा कार्यालयहरूमा विद्यार्थीहरूले वडाले प्रदान गर्ने सेवा र त्यसको प्रक्रिया, योजना निर्माण र माग प्रक्रिया, समुदाय र पालिका सम्बन्ध, अनुदान माग र वितरण प्रक्रिया, मेलमिलाप प्रक्रियाका साथै वडाको अवस्था र सबल पक्षको बारेमा अध्ययन गर्नेछन् ।  यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई कानुन, विधिको शासन तथा समुदाय बुझ्न र सिकाइलाई दिगो बनाउन सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस