९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेश जारी गर्न थारु कल्याणकारिणी सभाको दबाब, षड्यन्त्र गरिए आन्दोलन गर्ने चेतावनी

अ+ अ-

काठमाडौँ । रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले अध्यादेश ल्याएकामा सार्वजनिक रूपमा विरोध भइरहेका बेला थारु कल्याणकारिणी सभाले भने उक्त अध्यादेश जारी गर्न दबाब दिएको छ ।

सभाले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारलाई अध्यादेश ल्याएकामा धन्यवाद दिँदै राष्ट्रपतिबाट जारी हुने विश्वास व्यक्त गरेको छ । ‘यसलाई कहीँ कतैबाट जान अञ्जानमा गरिएको विरोधको सामना गर्दै मौलिक हक अधिकार प्राप्तिको लागि जोडदार माग गर्दछौँ साथै नेपाल सरकार मन्त्रिपरिषद्ले ल्याएको अध्यादेश सम्माननीय राष्ट्रपतिज्यूबाट यथाशीघ्र प्रमाणीकरण गरिनेछ भन्ने विश्वासमा छौँ’ अध्यक्ष धनीराम चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

थारु कल्याणकारिणी सभाले यो अध्यादेश कार्यान्वयन नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । उसले अध्यादेश कार्यान्वयनका लागि दबावमूलक कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

थारु कल्याणकारिणी सभा एवं थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिले मंगलबार पत्रकार सम्मेलन गरी अध्यादेश कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहटरथारुवान संयुक्त सङ्घर्ष समितिका संयोजक धनिराम चौधरीले अधिकार प्राप्तको आन्दोलनलाई राज्यले विभेद गरेर आपराधिक बनाएको भन्दै यसलाई सद्भावपूर्ण ढङ्गले नटुङ्ग्याए थप विद्रोह निम्तिने बताए ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले पनि उक्त अध्यादेश राष्ट्रपतिबाट जस्ताको त्यस्तै यथाशक्य चाँडो जारी हुनुपर्ने बताए । उनले नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने वा नजाने, सरकारलाई समर्थन वा नगर्ने विषय अध्यादेशसँग जोडिएको विषय नभएको पनि दाबी गरे ।

नेपाली काँग्रेसका नेता योगेन्द्र चौधरीले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति अनुसार अहिलेको सरकारले अध्यादेश ल्याएको बताए । उनले अहिले संसद् नभएको बेलामा सरकारले अध्यादेश ल्याएको भन्दै आलोचना गर्नुपर्ने कुनै कारण नभएको दाबी गरे । उनले अध्यादेश तुहाउने षड्यन्त्र गरिए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री सन्तकुमार थारुले पनि अध्यादेशको स्वागत गरे । उनले टीकापुरमा घटनामा तत्कालीन सरकारले थारुहरूमाथि थुप्रै झुटा मुद्दा लगाएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने र जेलमा रहेकाहरूको रिहाइ हुनुपर्ने बताए ।

काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामजनम चौधरीले थारुहरुले आफ्नो अधिकार र पहिचान स्थापित गराउन आन्दोलन गरेको बताए । 

प्रतिक्रिया दिनुहोस