६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनको आज औपचारिक घोषणा गरिंदै

अ+ अ-

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीबाट आजदेखि कार्य प्रारम्भ गरिने भएको छ ।

आज दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उद्घाटन एवम् झण्डत्तोलन गर्ने कार्यक्रम छ । योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा हुनेछ ।

औपचारिक समारोहलाई प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । स्थायी राजधानीबाट प्रदेश सरकारको कार्य सञ्चालन सुरु भएको खुसियालीमा स्थानीय कलासंस्कृति झल्किने झाँकीसमेत प्रदर्शन गरिनेछ ।

राप्ती गाउँपालिकाले राजधानी स्थानान्तरणको स्वागत गर्न भन्दै राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मूल समिति सहित विभिन्न उपसमितिहरू गठन गरेर तयारी गरेको थियो । जस अन्तरगत सरसफाई, स्वागत गेट निर्माण, प्रचारप्रसार, राजमार्ग छेउछाउका प्रतिक्षालय तथा सार्वजनिक स्थल रंगरोगन लगायतका काम पूरा भएको राप्ती गाउँपालिका अध्यक्ष एवम् मूल समारोह समितिका संयोजक प्रकाश विष्टले जानकारी दिए ।

२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो । स्थायी राजधानी तोकेको दुई वर्षपछि कार्यान्वयनमा आएको हो । यसअघि अस्थायी मुकाम बुटवलबाट प्रदेश सरकारले काम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस