काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ले सूचीकृत कम्पनीका सञ्चालक तथा पदाधिकारीको सेयर खरिदबिक्रीमा रोक लगाउन निर्देशन दिएको छ।
धितो पत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क)अनुसार कम्पनीका सञ्चालक कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा सङ्गठित संस्थाको व्यवस्थापन वा लेखसम्बन्धी कार्यमा आबद्ध कर्मचारीको सेयर रोक्का गर्न बुधवार निर्देशन दिएको हो।
पदमा बहाल रहँदा बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको एक वर्षसम्म सेयर रोक्का राख्नुपर्ने प्रावधान छ।
यसबाहेक सम्बन्धित कम्पनीको वा त्यसको सहायक कम्पनीको सेयर आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न पनि रोक लगाएको छ।
उल्लेखित व्यक्तिहरूले सेयर रोक्का गरेर मात्रै जिम्मेवारी लिन आग्रह गरिएको छ। नेप्सेले १५ दिनभित्र सेयर रोक्का राखी जानकारी गराउन पनि भनेको छ।
