९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरले मापदण्डविपरीतका सबै होर्डिङ बोर्ड हटाउने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मापदण्डविपरीतका राखेका सबै होर्डिङ बोर्ड हटाउने भएको छ ।

यही क्रममा नगर प्रहरी बलका सदस्यहरूले बागबजार, पुतलीसडक, कालीमाटी, कलंकी, कुलेश्वर क्षेत्रमा होर्डिङ बोर्ड हटाउन थालिसकेको छ । हालसम्म ९५ वटा होर्डिङ बोर्ड हटाइसकेको जनाएको छ ।

महानगरका अनुसार मापदण्डविपरीतका सबै होर्डिङ बोर्ड नगर प्रहरी बलका सदस्यहरूले हटाउनेछन् । ‘३० वर्ग फुटभन्दा ठूला आकार भएका सबै बोर्ड हटाइँदै छ । प्रायोजकको बोर्ड पनि यही आकारभित्र हुनुपर्नेछ । मापदण्डभित्रका बोर्ड पनि वडामा गएर राजस्व तिरेपछि मात्रै राख्न पाइन्छ ।

व्यावसायिकस्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा बढी बोर्ड हटाइनेछ । यस्तै, सार्वजनिकस्थलमा रहेका झ्याल–ढोका छोपिने, छतमा राखिएका सबै बोर्ड हटाइनेछ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘हामीले सूचना जारी गरेर कामको सुरुवात गरेको हुनाले सम्बन्धित निकायले नहटाए नगर प्रहरीले हटाउँछ ।’

महानगरले होर्डिङ बोर्डसँगै अनधिकृत पर्चा, पम्प्लेट र पोस्टरसमेत हटाउँदै आएको छ । महानगरले ७ असोजमा ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचय पाटीको आकार र त्यसमा वार्षिक रूपमा लाग्ने शुल्कसमेत उल्लेख गरेर सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

२७ कात्तिकदेखि मापदण्डविपरीतका होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट हटाउन थालेको हो । महानगरको आर्थिक ऐन ०७९ बमोजिम ६ वर्गफुटसम्मको परिचय पाटीको वार्षिक शुल्क पाँच सय रुपैयाँ हो भने १५ वर्गफुटसम्मको शुल्क एक हजार पाँच सय रुपैयाँ हो । १५ वर्गफुटदेखि ३० वर्गफुटसम्मका परिचय पाटीको प्रतिवर्गफुट एक हजार रुपैयाँ हो । महानगरले सार्वजनिक सूचनामार्फत एकभन्दा बढी परिचय पाटी राख्न नपाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस