९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिलीप महतो हत्या मुद्दामा साक्षी झिकाउने जिल्ला अदालतको आदेश 

अ+ अ-

काठमाडौँ । जिल्ला अदालत धनुषाले मिथिला नगरपालिका ५ श्रीपुरका ओम प्रकाश महतो (दिलीप) हत्या मुद्दामा साक्षी झिकाउने आदेश गरेको छ । बिहीबार न्यायाधीश भीष्मराज गौतमको इजलासले टिपर धनी कृष्ण कुमार महतोका साक्षी झिकाउने आदेश दिएको हो । 

अब सवारी धनीको नाममा म्याद जारी हुने जाहेरीवालाका वकिल वरिष्ठ अधिवक्ता सुरेश लाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार म्यादपत्र गएपछि साक्षी अदालतमा हाजिर हुनेछन् । अदालतले उनको बकपत्र लिनेछ । बकपत्र लिएपछि पुनः पेसी तोकिन्छ । सोही पेसीमा फैसला हुने सम्भावना रहेको अधिवक्ता श्रेष्ठले बताए ।

बहसमा जाहेरीवालको तर्फबाट सातजना वकिलले बहस गरेका थिए । सुरेश लाल श्रेष्ठ, राजु फुयाँल र शुभ्म अचार्य, पदम बहादुर श्रेष्ठ, आरजु कार्की, सडकोण श्रेष्ठ र सरकारी वकिलको तर्फबाट मोहनप्रसाद दाहालले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट आरोपित मुनिन्द्र महतोका वकिलले बहस गरेका थिए । 

०७६ पुस २५ गते चुरियामाई बलुवा प्रशोधन क्रसर उद्योगको ना ७ ख ६४१३ नम्बर प्लेटको टिपरले किचेर दिलीपको हत्या भएको थियो ।

हत्या आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित सातजनालाई पक्राउ गरेको थिए । पक्राउ परेकामध्ये धरौटी रकम बुझाएर चारजना तारेखमा रिहा भइसकेका छन् ।

रोशन कुमार यादव, विनादे महतो, सत्यनारायण महतो र सत्रुधन महतो रिहा थुना बाहिर छन् भने मुनिन्द्र महतो, विपिन महतो र जितेन्द्र महतो पुर्पक्षका लागि थुनामा छन् । 

जाहेरीवालाको वकिलले आरोपितहरूमाथि जन्मकैद हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

न्यायका लागि दिलीपका बुवा रामजी महतो र बहिनी लक्ष्मी महतो तीन वर्षदेखि अदालत धाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस