८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

अ+ अ-

डोल्पा । डोल्पाको जगदुल्ला जल विद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्नका लागि विस्तृत अध्ययन सुरु गरिएको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड र उद्धय जेभीको बीचमा बिहीबार प्रसारण लाइन निर्माण गर्न अध्ययन गर्ने सम्झौता भएको छ ।

डोल्पाको इलबाट उत्पादन भएको विद्युत् रुकुमपश्चिमको बाफिकोटस्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेशनमा जोड्नका लागि अध्ययन गर्न लागिएको हो । उद्धय जेभीसँग भएको उक्त सम्झौता भएसँगै अध्ययनको काम केही दिनमै सुरु गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिए। जगदुल्लाबाट एक सय छ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । अघिल्लो वर्षमात्र विद्युत खरिद, बिक्रीको काम आयोजनाले प्राधिकरणसँग गरिसकेको थियो ।

अर्ध जलाशययुक्त रहेको जगदुल्ला जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने उद्देश्य रहेको प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए । आयोजनाले अहिलेसम्म आयोजनास्थलको मुआब्जा दिइसकेको छ । संरचना निर्माणका लागि काम चलिरहेको छ । त्यस्तै जगदुल्ला जलविद्युत आयोजना ८२।३ मेगावाटको वातावरणीय प्रभाव अध्ययन गर्न बिहीबार नै श्रेष्ठ ग्रेट जेभीसँग सम्झौता भएको छ ।

यो जगदुल्ला जलविद्युत आयोजनाले बनाउन लागेको अर्को आयोजना रहेको छ । आयोजना निर्माणस्थलमा जान र आउनका लागि तीन जिल्लाको सङ्गमस्थल भेरी करिडोरको त्रिवेणीस्थित भेरी नदीमाथि पुल निर्माण सुरु गरिएको छ । त्यस्तै सडक निर्माणलाई समेत तीव्रता दिइएको छ । त्रिवेणीबाट विद्युत् उत्पादनगृह रहेको इलसम्म जान र आउनका लागि सडक निर्माणसमेत सुरु गरिएको सापकोटाले जानकारी दिए । आयोजना निर्माणलाई सघाउ पुर्याउनका लागि भेरी करिडोरको जाजरकोट र रुकुमपश्चिम खण्डमा पर्ने तल्लुस्थित भेरी नदीको पुल निर्माणकार्य सडक डिभिजन चौरजहारीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस