८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री शाही

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन् ।

मङ्सिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी–हुम्ला चङ्खेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक अवलोकनमा मुगु पुगेका मुख्यमन्त्री शाहीले जनताको चुल्हो नजिकको स्थानीय तह र आँगन नजिकको प्रदेश सरकारको समन्वय र सहकार्यबाट मात्र जनताको आवश्यकताअनुरुपको विकास हुने उनले बताए ।

‘हामीले यो तीन दिनसम्म मुगुका ४५ वडाध्यक्षलाई राखेर सुशासनसम्बन्धी कार्यक्रम गरेका छौँ’, मुख्यमन्त्री शाहीले भने, ‘त्यसमा प्रदेश सरकारले गरेका विशेष कार्यक्रमका विषयमा पनि आवश्यक छलफल भएको छ ।’ स्थानीय सरकारलाई साथमै लिएर मात्र प्रदेश सरकारका कार्यक्रमहरुलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उनले बताए ।

उनका अनुसार नेपालकै आकर्षक पर्यटकीय गन्तव्यस्थल राराको साइकल ट्रेलको अनुगमन भएको र तत्काल काम अगाडि बढाउने निर्देशन दिइएको छ । त्यस्तै, प्रदेश सरकारअन्तर्गत सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमको निरीक्षण गरिएको बताउँदै उनले कार्यालय प्रमुखलाई बेलैमा योजना सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस