७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाफामा पर्यटन क्षेत्र, १८ अर्ब आम्दानी हुँदा खर्च ? 

अ+ अ-

काठमाडौँ । नेपालबाट विदेश घुम्न जानेहरू भन्दा नेपाल आउने पर्यटकले गर्ने खर्च बढी हुँदा पर्यटन क्षेत्र नाफामा देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कको चालु आर्थिक वर्ष (आव) २०७९-८० को पहिलो चौमासिक तथ्याङ्क अनुसार पर्यटन क्षेत्र नाफामा देखिए पनि समग्र सेवा क्षेत्र भने २३ अर्ब ३० करोड रुपैयाँले घाटामा छ । यसो हुनुमा शिक्षामा ठूलो रकम बिदेसिनु हो ।

नेपालले कात्तिक मसान्तसम्म विदेशी पर्यटकबाट १७ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आव २०७८/७९ को तुलनामा १३७ प्रतिशत धेरै हो । सो आवमा यस अवधिमा मात्र ७ अर्ब ५८ करोड रुपैयाँ आम्दानी भएको थियो ।

समीक्षा अवधिमा भ्रमण व्यय भने ३३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । जसमा शिक्षामा २२ अर्ब ६१ करोड बिदेसिएको छ । यसअनुसार १० अर्ब ४५ करोड रुपैयाँ भने नेपालीले विदेश घुमफिरमा खर्च गरेका छन् ।

अघिल्लो आवको यसै अवधिमा भ्रमण व्यय २० अर्ब १९ करोड रुपैयाँ थियो । जसमा शिक्षाका लागि बिदेसिएको रकम १० अर्ब ७० करोड थियो । अर्थात् सो आवको चार महिनामा भ्रमणमा बिदेसिने रकम ९ अर्ब ४९ करोड रहेको थियो ।

तथ्याङ्क अनुसार नेपालबाट भ्रमण शीर्षकमा बाहिरिने रकम भने गत आवकै हाराहारीमा छ । यसवर्ष पर्यटक आगमन बढ्दा यस क्षेत्रको आम्दानीमा वृद्धि भएको हो । सन् २०२२ को नोभेम्बरसम्म ५ लाख ४२ हजार ९७५ जना पर्यटक आइसकेका छन् । सन् २०२१ मा पर्यटक आगमन मात्र १ लाख ४९ हजार ८३३ जना मात्र थियो ।

प्रतिक्रिया दिनुहोस