७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आयोगको नेतृत्वदायी र कर्मचारीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरे’

अ+ अ-

विराटनगर । निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनमा राज्यका सबै संयन्त्रले देखाएको सक्रियता एवं इमान्दारिताका कारण निर्वाचन सफल भएको भन्दै धन्यवाद दिएका छन् ।

कर्मचारी मिलन केन्द्र विराटनगरद्वारा आज सुनसरीको शान्ति वनमा आयोजित रमाइलो वनभोज तथा जिल्ला अधिवेशनमा बोल्दै उनले निर्वाचन आयोगको नेतृत्वदायी भूमिका र कर्मचारीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए ।

आफू निजामती सेवामा प्रवेश गरेको ४० वर्ष भएको स्मरण गर्दै कर्मचारी मिलन केन्द्रले आफ्नो इतिहास र परम्परालाई कायम राख्नुपर्ने बताए ।

मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले चुनौतीपूर्ण रहेको यो निर्वाचन स्वच्छ, भयरहित, शान्त वातावरणमा सम्पन्न भएकामा खुसी व्यक्त गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एकै चरणमा बिना कुनै विवाद, भयरहित, मितव्ययिता भएकामा खुसी व्यक्त गरे ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष टङ्क गौतमले विभिन्न सामाजिक एवं रचनात्मक कार्य गर्ने केन्द्रले कोष बढाएर १० लाख बनाएकामा खुसी व्यक्त गरे । अधिवेशनमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस