९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस कारण गरियो ९० वर्षका वृद्धाको हत्या !

अ+ अ-

काठमाडौँ । मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्न सक्छ भन्ने प्रमाण हो काठमाडौँको तारकेश्वर नगरपालिकाका ९० वर्षका वृद्धाको हत्या । गएको मङ्सिर २० गते नगरपालिकाको वडा नं ६ पुलबाट डिल्ली पुतुवार हराएको भन्ने सूचना नेपाल प्रहरीमा आइपुग्यो ।

उक्त सूचनाका आधारमा तत्कालै प्रहरी टोली परिचालन गरेर खोजतलास गर्दा नगरपालिकाको वडा नं ३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा वृद्धाको शव फेला पर्‍यो । टाउको र मुखमा चोटैचोट भएको अवस्थामा शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यसपछि कर्तव्य गरेर घटना भएको निष्कर्षमा प्रहरीले अनुसन्धान थालेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन् ।

कोइरालाका अनुसार गम्भीर प्रकृतिको घटना भएकाले सूक्ष्म अध्ययन गरी अनुसन्धानका क्रममा सोही नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्तिले हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । जीवनको उत्तरार्द्धमा पुगेको व्यक्तिको हत्या गर्नु गम्भीरमाथिको पनि गम्भीर अपराध हो ।

उनीसँगको सोधपुछका क्रममा चिसापानी चप्पल कारखानामा राहत दिइराखेको छ भनेर लोभमा पारेर जङ्गलमा लगी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उक्त लोभ देखाएपछि वृद्धाले त्यहाँसम्म पु¥याउन आग्रह गरेको र उनले डोर्‍याउँदै लगेको प्रहरीले जनाएको छ ।

उक्त सामुदायिक वनको खोँचमा पुगेपछि आरोपी नरेन्द्रले एक छिन बसेर चुरोट खाउँ भनेपछि सँगै बसेको र सोही क्रममा वृद्धाको कम्मरमा भएको पैसा लिनका लागि ढुङ्गाले टाउको र गद्र्धनमा हानेर मारेको खुलेको प्रहरीले जनाएको छ ।

त्यसपछि वृद्धा महिलासँग भएको ४०–४५ हजार लिएर उनको शवलाई खोल्सामा लुकाई फरार भएकामा कार्यालयको टोलीले पक्राउ गरेको उपरीक्षक कोइरालाले जानकारी दिए ।

अभियुक्तलाई थप कानुनी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस