८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकपमा तेस्रो

अ+ अ-

काठमाडौँ । २२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगितामा क्रोएसियाले तेस्रो भएको छ ।

कतारमा आयोजना भइरहेको विश्वकपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको प्ले अफमा क्रोएसियाले अफ्रिकन राष्ट्र मोरक्कोलाई २–१ को अन्तरले हराउँदै तेस्रो स्थान रक्षा गरेको हो । सन् २०१८ को रसिया विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग २–० ले पराजित भएको थियो ।

यस पटकको सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले पराजित हुँदै क्रोएसिया तेस्रो वा चौथो स्थानका लागि प्रतिस्पर्धा गरेको हो । पहिलो अफ्रिकन राष्ट्रका रूपमा विश्वकपको सेमिफाइनल खेलेको मोरक्कोले क्रोएसियाविरुद्ध बलियो रक्षापंक्ति प्रस्तुत गर्न सकेन । मोरक्कोले लगातार दुई खेलमा चार गोल व्यहोरेको छ ।

प्रतिस्पर्धामा क्रोएसियाले ५१ प्रतिशत र मोरक्कोले ४९ प्रतिशत बल पोसेसन राखेको थियो । क्रोएसियाले १२ र मोरक्कोले नौ पटक गोलका लागि प्रयास गरेको थियो ।

खेलमा मोरक्कोले तीन पटक कर्नर पाउँदा क्रोएसियाले ६ पटक कर्नर प्रहार गरेको थियो । क्रोएसियाको जितमा जोस्को भार्डीओलले खेलको सातौँ मिनेटमै १–० को अग्रता दिलाएका थिए । उनले पेरिसिकको सटिक हेडिङ पासमै जोस्कोले हेडिङ गोल गरे ।

क्रोएसियाले अग्रता केवल दुई मिनेट मात्र रक्षा गर्‍यो । खेलको नवौँ मिनेटमा अक्रफ दारीले मोरक्कोलाई १–१ को बराबरीमा ल्याए । बराबरी गोलसँगै मोरक्कोले क्रोएसियामाथि दबाब राख्यो । तर, मोरक्कोको फिनिसिङ राम्रो भएन ।

क्रोएसियाले खेलको ४२औँ मिनेटमा मिस्लाभ ओर्सिचको गोलसँगै २–१ को अग्रता लिएको थियो । ओर्सिचले डिबक्सभित्र प्रहार गरेको बल गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

खेलमा थप गोल नहुँदा आर्सिचकै गोल निर्णायक बन्यो । मध्यान्तरपछि मोरक्कोले बराबरी गोल फर्काउने निकै प्रयास गरेको थियो । मध्यान्तरपछि मोरक्को आक्रामक रूपमा प्रस्तुत भएको थियो ।

दोस्रो हाफमा कुनै गोल हुन नसक्दा क्रोएसिया तेस्रो स्थान हासिल गर्न सफल भयो । अफ्रिकन फुटबलमा मोरक्कोले हात पारेको नतिजा नै अहिलेसम्मकै उत्कृष्ट हो ।

क्वार्टर फाइनलमा मोरक्कोले पोर्चुगललाई १–० ले हराउँदै पहिलो पटक सेमिफाइनल स्थान पक्का गरेको थियो । मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टोली हो । यसअघि सेनेगल, घाना र क्यामरुन क्वार्टर फाइनलसम्म पुगेका थिए ।

विश्वकप इतिहासमा एसियाबाट दक्षिण कोरिया मात्र अन्तिम चारमा पुगेको थियो । सन् २००२ को विश्वकपमा आयोजक राष्ट्र दक्षिण कोरियाले चौथो स्थान हात पारेको थियो । अघिल्लो संस्करणको उपविजेता क्रोएसियाले यस पटक तेस्रो स्थानको उपाधिसहित २७ मिलियन डलर पाएको छ । चौथो भएको मोरक्कोले २५ मिलियन डलर प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस