७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३२ केभी क्षमताको सुनवल सबस्टेसन सञ्चालनमा

अ+ अ-

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-७ मा निर्माण गरिएको एक सय ३२ केभी क्षमताको सुनवल सब स्टेसन सञ्चालनमा आएको छ ।

परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीय बासिन्दालाई विद्युत् आपूर्ति गर्न यो सब स्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । सुनवल सब स्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टिल, सिमेन्टलगायतका उद्योग तथा स्थानीय उपभोक्ताले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमेन्ट, स्टिललगायतका ठुला उद्योग र स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सब स्टेसन मेरुदण्ड भएको बताए ।

‘अहिले बुटवल सब स्टेसनबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत आपूर्ति दिँदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताबाट पर्याप्त विद्युत् नपाएको, भोल्टेजको समस्या भएको, पटक पटक ट्रिपिङ हुनजस्ता गुनासाहरू आउने गरेका थिए । बुटवल सब स्टेसन पनि माग धान्न नसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो’, कार्यकारी निर्देशक घिसिङले भने ।

सुनवल सब स्टेसन सञ्चालनमा आएसँगै बुटवल सब स्टेसनको चाप घटेको पनि प्राधिकरणले जनाएको छ । त्यस्तै, सुनवल र परासी क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो भएको तथा प्राविधिक चुहावटसमेत घट्ने अपेक्षा प्राधिकरणको छ ।

सब स्टेसनमा १३२/३३ र १३२/११ केभी क्षमताका पावर ट्रान्सफर्मर छन् । सब स्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि निकालिने ३३ केभीका सात वटा फिडरमध्ये हाल तीन वटा सञ्चालनमा ल्याइएको छ । ३३ केभीका तीन वटा फिडरहरुमध्ये एउटाबाट सर्वोत्तम सिमेन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शीतलनगर सब स्टेसन र लक्ष्मी स्टीलमा विद्युत् आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले बताए ।
अहिले सुनवल सब स्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । परासीतर्फ जाने बाँकी ३३ केभीका चार वटा र सब स्टेसनको वरिपरि विद्युत् आपूर्तिका लागि ११ केभीका चार वटा फिडर निर्माणाधीन छन् ।

औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोडमा सुनवल सब स्टेसन निर्माण गरिएको हो । सब स्टेसन निर्माणका लागि इनर्जी प्याक तथा सिग्माकोनको उपक्रमसँग गरिएको ठेक्का सम्झौता २४ कात्तिक २०७६ मा कार्यान्वयनमा आएको थियो ।

प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न र प्रसारण क्षमता वृद्धि गर्न सुनवल (भूमही)–हकुई एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ ।

त्यस्तै भैरहवा क्षेत्रका लागि योगीकुटी (बुटवल) बाट मैनहियासम्मको एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन र सब स्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस