काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको निर्वाचनका लागि निर्वाचन समिति बनाएको छ । सोमबार वा मङ्गलवार संसदीय दलको निर्वाचन गराउने गरी सहमहामन्त्री भीष्मराज आङदेम्बेको नेतृत्वमा निर्वाचन समिति बनेको हो ।
सहमहामन्त्री आङदेम्बेको नेतृत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य छन् ।
यही समितिले संसदीय दलको चुनाव गराउने छ । काँग्रेसको कार्यसम्पादन समितिअघि दुबै पक्ष बसेर समिति बनाएका हुन् । कार्यसम्पादन समिति बैठक सुरु भएको छ । केही बेरमा औपचारिक रूपमा कार्यसम्पादन समितिले औपचारिक निर्णय गर्दैछ ।