७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुस ८ गते बागमती प्रदेशसभाको सर्वदलीय बैठक आह्वान

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशसभा सचिवालयले सांसदहरूको शपथ ग्रहणको तयारीलाई तीव्रता दिएको छ ।

निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरूको अन्तिम मत परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेसँगै सचिवालय सांसदहरूको शपथमा जुटेको हो ।

आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाएसँगै सचिवालय सांसदहरूको शपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारीमा जुटेको हो ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सञ्चालनका लागि आवश्यक प्रक्रियालाई तीव्रता दिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर बास्कोटाले बताए । उनका अनुसार प्रदेशसभा सञ्चालनको लागि सभाको अध्यक्षता गर्ने व्यक्ति आवश्यक पर्नेछ । सचिवालयका तर्फबाट जेष्ठ सदस्य समेत छनौट गर्ने कार्य सम्पन्न गरेको सूचना अधिकारी बास्कोटाले बताए । सभामुख र उपसभामुख निर्वाचित नभएको खण्डमा प्रदेशसभाको अध्यक्षता जेष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको उनले बताए ।

सो विषयमा छलफलका लागि आगामी पुस ८ गते सर्वदलीय बैठकसमेत आह्वान गरिएको सूचना अधिकारी बास्कोटाले बताए । उक्त बैठकमा छलफल पछि जेष्ठ सदस्य छनौटको अन्तिम निर्णय र सार्वजनिक गरिने उनको भनाई छ । सो सर्वदलीय बैठकमा जेष्ठ सदस्यको शपथ र सभाका अन्य सदस्यहरूको शपथका विषयहरूमा छलफल गरिने उनले बताए ।

उनका अनुसार प्रदेशसभा सञ्चालनको लागि सबैभन्दा पहिले प्रदेश प्रमुखमार्फत सदस्यहरूको शपथ ग्रहण गराउने पर्ने भएकाले सोही अनुसार तयारी गरिरहेको र जेष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ ग्रहण गराउने कानुनी व्यवस्था रहेको छ ।

संविधानको धारा १८३ अनुसार प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र बैठक आह्वान गरिसक्नुपर्ने छ । उक्त बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था भएकाले सचिवालयले सोही अनुसार आफ्ना कार्यहरूलाई तीव्रताका साथ अघि बढाएको उनको भनाइ छ ।

‘हामीले ११० सदस्यीय प्रदेशसभाबाट उमेरका आधारमा सबैभन्दा ज्येष्ठ प्रदेश सदस्यको पहिचान गरिसकेका छौँ,’ उनले भने, ‘त्यसलाई अन्तिम रुपमात्र दिन बाँकी रहेको छ । आगामी ८ गते सर्वदलीय बैठक पनि आह्वान गरिएको छ । सो बैठकले त्यसलाई अन्तिम रूप दिएर शपथ ग्रहण लगायतका विषयहरूमा निर्णय गर्नेछ । त्यस लगत्तै प्रदेश प्रमुखसमक्ष जेष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम तय गरिनेछ ।’

संविधानको धारा १८२ को उपधारा (५)अनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था अनुसार सचिवालयले पहिलो बैठकका लागि आवश्यक कार्यसूचीहरू पनि छनोट गरेको प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभाको पहिलो बैठकको सम्भावित कार्यसूचीमा स्वागत तथा शुभकामना, सभामुख र उपसभामुखको निर्वाचन, प्रदेश प्रमुख कार्यालयबाट प्राप्त चिठी पत्र र केही अध्यादेशहरू लगायत रहने छ ।

प्रतिक्रिया दिनुहोस