९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याद सकिएको दुई वर्षसम्म पनि भेरी पुलको काम अधुरै 

अ+ अ-

काठमाडौँ । सम्झौता अवधि सकिएको दुई वर्ष पुग्दा पनि जहरे-गुमी जोड्ने भेरी नदीमाथिको पक्की पुल निर्माण आधामात्रै काम सकिएको छ । २०७७ पुस २४ गतेसम्म निर्माण सक्ने सम्झौता भएको पुलको दुई वर्ष ढिला हुँदा पनि ६५ प्रतिशतमात्रै काम पूरा भएको हो ।

पुल आयोजना विभाग कार्यालय सेक्टर नम्बर ३ नेपालगन्ज र निर्माण कम्पनी आशिष चन्द्र एन्ड वसन्त जेभीबीच २०७५ असार २४ गते पुल निर्माणको सम्झौता भएको थियो । 

निर्माण कम्पनी आशिष चन्द्र एन्ड वसन्त जेभीका इन्जिनियर प्रदीप पौडेलले अहिलेसम्म ६५ प्रतिशत बढी काम सम्पन्न भएको बताए । भेरीगंगाको जहरेक्षेत्र र गुर्भाकोटको गुमी क्षेत्रमा नगरपालिका र पुल आयोजना विभाग कार्यालयले जग्गा विवाद नमिलाउँदा पुल निर्माणमा ढिलो भएको उनको भनाइ छ । तीन स्पामको उक्त पुलको लम्बाइ १४० मिटर रहेको छ ।

स्थानीय व्यवसायी गोपाल केसीले जहरे बजारको भेरी नदीको पुलको काम एकदम सुस्त गतिमा भइरहेको बताए । यस्तै, ढिलासुस्तीमा काम भए अझै पाँच वर्ष पुल निर्माणमा समय लाग्ने उनको भनाइ छ । अहिलेसम्म पुलको सबै पिलर निर्माण र एक स्पाम ढलान सम्पन्न भएको छ । 

अहिले निर्माण कम्पनीले भेरी नदीको पानी डाइभर्ट गरी स्पाम निर्माणको काम सुरु गरेको छ । पुलको दुई स्पाम ढलानदेखि पुलको वारिपारि माटो पटान बाँकी नै छ । 

पुलको वारिपारि जग्गा विवाद हुँदा एक किलोमिटर सडक चौडा र कालोपत्रे गर्ने काम हुन सकेको छैन । जहरे–गुमी जोड्ने भेरी नदीको पक्की पुल निर्माण लागत भने साँढे १५ करोड रहेको छ । 

प्रतिक्रिया दिनुहोस