काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् ।
उनी चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे काठमाडौँ आइपुगेको उनको सचिवालयले जनाएको छ । उनलाई स्वागत गर्न माओवादी युवा नेताहरू शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईँ, अमनलाल मोदी, रञ्जित तामाङलगायत विमानस्थल पुगेका थिए ।
वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि गत १६ मंसिरमा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए ।