काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मङ्गलवार संसदीय दलको नेता चयन गर्दैछ ।
त्यसका लागि सांसदहरूको बैठक साढे २ बजे पार्टी कार्यालयमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्षबाट ७ र समानुपातिक पद्धतिबाट ७ गरी कुल १४ जना सांसद निर्वाचित भएका छन् । हालसम्म यो पार्टीमा संसदीय दलको नेतामा कसैले दाबी सार्वजनिक गरेको छैन ।
अध्यक्ष राजेन्द्र लिङ्देन नै संसदीय दलको नेता चयन हुने सम्भावना रहेको एक सांसदले जानकारी दिए ।