९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिकार गर्न गएका ५ जना मृत जरायो र जरायोको सिंहसहित पक्राउ

अ+ अ-

काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएका पाँच जनालाई वन संरक्षण टोलीले पक्राउ गरेको छ।

निकुञ्जमा जनावरको सिकार गर्न गएका उनीहरूलाई सिकार गरिएको जनावरको अङ्ग र सिकारमा प्रयोग गरिने विभिन्न सामानसहित टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी, काभ्रेको नासिक गाविस ६ मालदोङ्ग तामाङ रहेका छन्।

पाँचै जनालाई पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनियास्थित वनजङ्गलमा वन्यजन्तुको सिकार गर्न गएको बेलामा पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम जानकारी दिए।

उनीहरूको साथबाट टोलीले मृत अवस्थामा रहेको जरायो र जरायोको सिङ, सिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद गरिएको रामले बताए।

साथै बा ५ त ७८०५ नम्बरको टोयोटा गाडी, र प्रदेश २ ०२(०३(००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिइएको छ।

पक्राउ परेका पाँचैजनाको बारेमा थप अनुसन्धान भइरहेको पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस