८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस 

अ+ अ-

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार(आज) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय डा.रेवती रमण पौडेल, यम प्रसाद पोखरेल र डा. राजेन्द्र प्रसाद मिश्रको नाम सिफारिस गरेको बढुवा सिफारिस समितिका एक सदस्यले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए । 

वन तथा वातावरण मन्त्रालयका सचिव पेम नारायण कँडेल अनिवार्य भएसँगै रिक्त एक प्राविधिक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको हो । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । 

बढुवा सिफारिस समितिको सिफारिस अनुशार नै पहिलो नम्बरलाई बढुवा गरेको अवस्थामा डा. पौडेल सचिवमा बढुवा हुनेछन् ।

डा. पौडेल कृषि विभागको महानिर्देशकका रूपमा कार्यरत छन् भने दोस्रो नम्बरमा सिफारिस पोखरेल वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको महानिर्देशक हुन र तेस्रो नम्बरमा परेका डा. मिश्र कृषि विकास मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख छन् । 

तत्कालीन सचिव कँडेल गत मंसिर १४ गतेदेखि अनिवार्य अवकाशमा गएसँगै रिक्त पदमा १५ दिनभित्रै सिफारिस गरिसक्नु पर्ने भए पनि ज्येष्ठता विवादका कारण सो अवधिभित्र हुन सकेन ।

सम्बन्धित समाचार : रिक्त सचिवमा सिफारिसै गर्न सकस, १५ दिन कट्दा नि छुट्टिएन ज्येष्ठता !

प्रारम्भिक बैठक पछि पनि निकै लामो समयपछि मात्रै सचिव बढुवा सिफारिस समितिले आज ज्येष्ठताको विषय टुङ्गो लगाई बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस