१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनले कहिल्यै आत्मसमर्पण गर्दैन : भ्लादिमिर जेलेन्स्की

अ+ अ-

वासिङटन डिसी । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसमा सम्बोधन गर्दै युक्रेनले कहिल्यै पनि आत्मसमर्पण नगर्ने बताए। उनले सम्बोधनमा युक्रेन स्वतन्त्रताका लागि भएको लडाइँले आउँदा पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने बताए।

जेलेन्स्कीले सबै प्रतिकूलताका विरुद्ध‘युक्रेन जीवित रहेको र मुकाबला गरिरहेको उल्लेख गरे। उनले अमेरिकी जनता र कङ्ग्रेसलाई सहयोग गरेकोमा धन्यवाद पनि दिए। उनले रुसी अत्याचारले नियन्त्रण गुमाएको भए पनि युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने बताए।

अमेरिकी राष्ट्रपति बाइडनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै दुई अर्ब अमेरिकी डलर दिने पुष्टि बताए। उक्त सहयोगमा युक्रेनले माग गरिरहेको अमेरिकी पेट्रोइट भनिने जमिनदेखि हवाई प्रहारको क्षेप्यास्त्र प्रहार सम्बन्धी प्रणाली समेत समावेश छ।

बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धका लागि आफ्नो देशलाई दोष दिन नहुने बताएका थिए। तेस्रो देशका नीतिहरू जिम्मेवार रहेको उनको भनाइ छ।

जेलेन्स्कीले युक्रेनलाई सघाउन अमेरिकाले दिने आर्थिक प्याकेज विश्वव्यापी सुरक्षाका लागि भएको लगानी हुने बताए। उनले अमेरिकीहरूलाई क्रिसमसको शुभकामना दिंदै युक्रेनीहरूले मैनबत्तिमा उक्त पर्व मनाउने बताए।

उनले युक्रेनले ‘पूर्ण विजयु हासिल गरेर मात्र छाड्ने भन्दै मन्तव्य सकेका थिए। बाइडनले युक्रेनका लागि व्यापक सहायताका रूपमा नयाँ वर्षमा झण्डै ४५ अर्ब डलर सहयोग गर्ने बाचा गरेका छन्। यसलाई संसदले स्वीकृति दिन भने बाँकी नै छ।

बाइडनले जेलेन्स्कीलाई रुससँगको युद्धमा ‘आवश्यक पर्दासम्मु अमेरिका युक्रेनसँग रहने बताए। ‘तपाईँ कहिल्यै एक्लै उभिनुहुनेछैन,’ ह्वाइटहाउसमा बाइडनले जेलेन्स्कीलाई भने।

जेलेन्स्की युक्रेनमा रुसले अतिक्रमण सुरु गरेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका पुगेका हुन्। बीबीसी

प्रतिक्रिया दिनुहोस