८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो प्रतिज्ञा गरे सांसदले शपथ ग्रहणमा !

अ+ अ-

काठमाडौँ । शपथ ग्रहण कार्यक्रम सुरु हुनु अघि राष्ट्रिय गान बज्यो। सबै सांसद उठेर राष्ट्रिय गान गाएर कार्यक्रममा सरिक भए।

राष्ट्रिय गान सकिए लगतै सङ्घीय संसद्का महासचिव भरत राज गौतमले नव निर्वाचित सांसदलाई बधाई दिनुका साथै शपथ ग्रहण कार्यक्रममा स्वागत गरे।

विद्यमान कानुन अनुसार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति सम्सेर जबरालाई महासचिव गौतमले अरू सांसदलाई शपथ ग्रहण गराउन आग्रह गरे।

शपथ ग्रहण कार्यक्रममा नयाँ सांसदहरूले नेपाली तथा १४ मातृ भाषामा शपथ ग्रहण गर्ने सचिवालयलाई जानकारी गराएका थिए । नयाँ सांसदको हात हातमा शपथ ग्रहणमा बोल्नु पर्ने कुरा सचिवालयले लिखित रूपमा उपलब्ध गराएको थियो। अनि ज्येष्ठ सदस्य पशुपति सम्सेर जबराले बाँकी सांसदहरूलाई लेखेको कुरा हेरेर शपथ ग्रहण गराए।

यस्तो कुरा लेखिएको थियो शपथ ग्रहणमा
‘म मुलुक र जनता प्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधान प्रति पूर्ण बफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको काम काज प्रचलित कानुनको अधीनमा रही मुलुक जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिन पदीय गोपनीयता कायम राखी इमानदारीका साथ गर्नेछु।’

प्रतिक्रिया दिनुहोस