६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार्ल्स शोभराज कैदमुक्त, आज अध्यागमनलाई बुझाउने

अ+ अ-

काठमाडौँ । केन्द्रीय कारागार कार्यालयले ‘सिरियल किलर’ चार्ल्स शोभराज बिहिबार कैदमुक्त भए पनि आज मात्रै अध्यागमन विभागलाई बुझाउने भएको छ।

केन्द्रीय कारागार जगन्नाथदेवल सुरक्षा स्रोतका अनुसार उनलाई आज १० बजेपछि अध्यागमन विभागमा बुझाउने तयारी गरिएको हो।

शोभराजका वकिल वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीका अनुसार कागजातमा हस्ताक्षर गर्नुपर्ने लगायतको सबै काम बिहिबारनै सकिएकाले आज १० बजेपछि अध्यागमन पठाउन लागिएको हो।

‘अध्यागमन विभागमा उनलाई राख्नका लागि व्यवस्थापन नभएकाले आज मात्रै उता पठाउने भएको हो। जेलबाट मुक्त भने हिजै भइसक्नुभयो’, उनले भने, ‘बिहिबार एक दिन उहाँ केन्द्रीय कारागारमै बस्नु नत भन्दा उहाँले पनि अँ म बस्छु भनेपछि यही राखियो। अध्यागमनलाई पनि ढिलो गरी खबर भयो। बिरामी पनि हुनुभएको कारणले त्यसको व्यवस्थापन गर्नुपर्ने भएको हो।’

१९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई (बुधबार) छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएपछि उनी छुटेका हुन्।

शोभराजलाई कैदबाट छाडेर १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन भनेकाले अध्यागमन विभागलाई बुझाउन लागिएको कारागार कार्यालयले जनाएको छ।

बुधबार सर्वोच्चले ‘अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए आजै छोड्नू र १५ दिनभित्र आफ्नै देश पठाउने व्यवस्था गर्नू’ भन्ने आदेश गरेको थियो।

सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । सन् २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाए सुनाएको थियो ।

त्यसपछि उनी ०६० सालमा काठमाडौँबाट पक्राउ परेका थिए । उनलाई सुन्धारास्थित जगन्नाथदेवल कारागारको गोलघरमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस